काठमाडौं, १३ असोज । कैलालीको टीकापुर अस्पतालका चिकित्सकहरुले आकास्मिक बाहेकका सबै सेवाहरु ठप्प पारेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि आक्रमणको श्रृङ्खला नरोकिएको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा ठप्प परेका हुन् । टीकापुरका स्वास्थ्यकर्मीहरु विगत छ दिनदेखि आन्दोलनरत थिए । उनीहरुले हिजो (शुक्रबार) देखि आकास्मिक बाहेक सबै सेवा बन्द गराएका हुन् । उनीहरुले टीकापुर बजार परिक्रममा […]
शिक्षण अस्पतालका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै र्याली निकालेका छन्। लगातार जस्तो चिकित्सकमाथि हातपात भइरहेको बताउँदै रेसिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकका सेवामा आफूहरु संलग्न नहुने बताएका छन्।
काठमाडौं,भदौ ३१।आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा सञ्चालन भएको छैन।नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवाबाट बन्चित भएका छन्।गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नयाँ बिरामी नजाँच्ने निर्णय डाक्टरहरुले गरेका छन्।
नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । स्वास्थ्यकर्मीहरू आन्दोलित भएपछि टाढाटाढाबाट अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन् ।
पाँचथर – पाँचथर अस्पतालमा उपचाररत एक बालिकाको ज्यान गएकाे आक्रोशमा स्थानीयबासिन्दाले अस्पतालकाे भवनमा तोडफोड गरेपछि आकस्मिक बाहेक सबैखाले सेवा ठप्प भएका छन् ।
भौतिक संरचना तोडफोड गर्नुका साथै प्रदर्शनका क्रममा स्वास्थकर्मीमाथि दुर्व्यवहार भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताउनुभयो । ज्वरो आएपछि अस्पताल भर्ना भएकी फालेलुङ गाउँपालिका–८ की ३ वर्षीया क्रिष्टिना थाम्सुहाङको हिजो उपचारका क्रममा ज्यान गएको थियो । ज्वरो आएपछि क्रिष्टिनालाई अस्ति अस्पताल भर्ना ...
तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।उनीहरूले बहिरङग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी …
सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । एक महिनादेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै सेवा बन्द गरेका हुन् । वीपी प्रतिष्ठान शुद्धिकरण अभियान संर्घष समितिले आज बिहान ८ देखि १० बजेसम्म आकस्मिक […]
डाक्टर गोविन्द केसीको अनशनको १९ औँ दिनमा समेत सरकारले माग पुरा नगरेपछि डाक्टरहरूले आजदेखि देशभरका सरकारी अस्पतालहरूको आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाएका छन्।