महाकालीको बाढीमा फसेका १० मजदुरको उद्धार

कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ । पुलसँगै महाकाली नदीमा बनिरहेको टापुमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए । यहाँको श्री दल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापुमा बसेका तिनीहरूको सकुशल उद्धार गरेको हो । त्यसैगरी महाकाली नदीमा आएको बाढीले पुलसँगै निर्माणाधीन पहुँच मार्ग (६ लेनको सडक) निर्माणका लागि स्थापना गरिएको कालोपत्रे प्लान्टलगायतका सवार

सम्बन्धित सामग्री

महाकाली नदीको बाढीमा फसेका १० मजदुरको उद्धार

कञ्चनपुर : भीमदत्त नगरपालिका–१२ ओदाली नजिक महाकाली नदीको बाढीमा फसेका १० जना मजदुरको प्रहरीले आज उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार बाढीका कारण फसेका मजदुरलाई सकुशल उद्धार गरी शुरक्षित स्थानमा पुर्‍याइएको छ।नदीमा आएको बाढीका कारण मजदुर फसेको जानकारी पाउना साथ प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा विपद व्यवस्थापन गुल्म महेन्द्रनगर, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली र नेपाली सेनाको टोली