मधुमेहका बिरामीको संख्या दैनिक बढिरहेको छ। यो बिरामी हुनुको मुख्य कारण भनेको खराब जीवनशैली हो।
कतिपय अवस्थामा भने बुबाआमाको माध्यमबाट बच्चामा पनि वंशाणुगत रूपमा मधुमेह हुन्छ।
यो रोगलाई नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन र उपचार गर्नुपर्छ।
मधुमेह हुनु भनेको शरीरमा ‘ब्लड सुगर लेभल’ नियन्त्रणमा छैन भनेर बुझ्नु हो। यदि यसलाई नियन्त्रण गरिएन भने मोटोपन, मिर्गौला फेल हुने र मुटुसम्बन्धी बिरामीको पनि खतरा रहन्छ।
यदि तपाईं मधुमेहको बिरामी हुनुहुन्छ भने तपाईंले निश्चित खाना खान...