काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्रको विवाद समाधान भएको खुशी व्यक्त गरेका छन्। उनले आफ्नो सचिवालयमार्फत एमाले विवादको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै भने," पार्टी फुटेको भन्दा जुटेको राम्रो हो।" नेकपा एमालेभित्रका लामो समयदेखिको विवाद तत्कालका लागि टरेको छ।आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमती बनेको हो।