सर्वोच्चको फैसलाको विरोधमा माइतीघरबाट बानेश्वरसम्म युवा संघको विरोध प्रदर्शन

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि त्यसको विरोधमा नेकपा (एमाले)को भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ। सर्वोच्चले सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो। युवा संघको विरोध र्‍याली माइतीघरबाट बानेश्वरसम्म पुगेर फर्किएको थियो। प्रदर्शनमा सहभागीहरुले अदालतको निर्णयले दलीय व्यवस्थामाथि…

सम्बन्धित सामग्री

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको र पछि सीसीटीभी फुटेज पनि मेटाएको आरोप लगाउँदै युवासंघले काठमाडौँका सिंहदरबारमा नजिक हनुमानस्थानमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अर्थमन्त्रीले व्यापारी व्यवसायीलाई पोस्ने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका […]

दीपक केसी

एमालेको भातृ संगठन युवा संघको विरोध प्रदर्शन काठमाडौंको तीनकुनेमा सुरु भएको छ । गणतान्त्रिक व्यवस्था उल्ट्याउन लाग्नेविरुद्ध सरकारले कदम नचालेको र प्रमुख प्रतिपक्ष एमालेविरुद्ध विभिन्न ठाउँबाट प्रहार भइरहेको भन्दै युवा संघले विरोध गरिरहेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मेलम्चीमा युवा संघको विरोध

मेलम्ची । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ सिन्धुपाल्चोकले आज मेलम्चीमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने मागसहित संघले प्रदर्शन गरेको हो । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले अहिले स्थानीय निकायको चुनावको घोषणाको माग गर्दै देशव्यापी रुपमा आन्दोलन गरिरहेको छ । […]

दल विभाजन अध्यादेशविरुद्ध युवा संघको विरोध प्रदर्शन (फोटो फिचर)

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंक कर्मचारी संघको विरोध कार्यक्रम

काठमाडौं । नेपाल सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले उक्त योजनाको विरोध गर्दै प्रदर्शन गरेको छ । संघले १८ गते देशैभरी एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा विभिन्न मागहरु राख्दै विरोध प्रदर्शन गरेको छ । एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने नभइ योजनामा भएको विभेदको विरोध गरेको बताए । उनले आफूहरुको बुँदागत माग पुरा नहुँद

महिला हिंसा र बलात्कार विरुद्ध अनेम संघको विरोध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड– नेपाल पक्षको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ।