पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मेलम्चीमा युवा संघको विरोध

मेलम्ची । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ सिन्धुपाल्चोकले आज मेलम्चीमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने मागसहित संघले प्रदर्शन गरेको हो । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले अहिले स्थानीय निकायको चुनावको घोषणाको माग गर्दै देशव्यापी रुपमा आन्दोलन गरिरहेको छ । […]