काठमाडौँको मेयरको लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरको लागि नेपाली कांग्रेसले ५ जनाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिका समितिले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको हो। नगर समितिले नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो।

सम्बन्धित सामग्री

काठमाडौँमा महागठबन्धन विरुद्द एमालेको ‘केशव क्षेप्यास्त्र’

काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने औपचारिक टुंगो एमालेले भोली शनिबार लगाउँदैछ । तर, अध्यक्ष केपी ओली काठमाडौँको मेयरमा केशव स्थापितलाई उठाउन सकारात्मक भईसकेका छन् । एमालेले ५ दलिय महागठबन्धनविरुद्द स्थापितलाई काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवारका रुपमा उभ्याउने लगभग निश्चित बनेको छ । हाल बागमती प्रदेशसभाको सदस्य रहेका स्थापित यसअघि २०५४ सालमा पनि काठमाडौँको मेयरमा निर्वाचित भएर सफलताका साथ ५ वर्षे कार्यकाल पूरा गरेका नेता हुन् ।उनै केशव पुनः २५ वर्षपछि काठमाडौँ महानगरको नेतृत्व सम्हाल्ने तयारीमा छन् । काठमाडौँको मेयरका लागि  एमाले काठमाडौँ महानगरनगर कमिटीले वैशाख २ मा ५ जनाको नाम सिफारिस गरिसकेको छ । हालका मेयर विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेश सांसद केशव स्थापित, निर्मल देउजा र इन्दिरा पन्तको नाम सिफारिस भएको छ । गठबन्धन विरुद्द एमालेको केशव ‘क्षेप्यास्त्र’झिनो मत भएको माओवादी, एमालेबाट करिब ५ हजार मत लिएर टुक्रिएको माधब नेपालको नेकपा एकिकृत समाजवादी र ४५ हजार बढी मत भएको काँग्रेसबीच काठमाडौँमा गठबन्धन हुँदैछ । त्यसकारण गठबन्धन विरुद्द केशव स्थापित नै ‘वजनदार’ उम्मेदवार भएको स्वीकार गर्दै उनलाई नै टिकट दिने पक्का भएको एमाले स्रोत बताउँछ । २०७४ को निर्वाचनमा पनि स्थापित मेयरको आकांक्षी थिए । तर, त्यतिबेला विद्यासुन्दर शाक्यलाई एमालेले उम्भायो । शाक्यलाई जिताउन केशव स्थापितको पनि उल्लेख्य भूमीका छ । तर, यसपटक पनि प्रमुख दाबेदार भनिएका शाक्यलाई नै दोहोर्याउँदा उनको कार्यकालमा काठमाडौँमा देखिने काम नभएकाले उनलाई आफ्नै मतदाताले नपात्याउने आँकलन गरेर स्थापितलाई उभ्याउने र स्थापित गठबन्धनका लागि ‘क्षेप्यास्त्र’ नै सावित हुने दाबी एमाले स्रोतको छ ।बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री भइसकेका स्थापित मुख्यमन्त्री डोरमणी पौडेलसँगको विवादका कारण हटाईएका थिए ।  ‘उहाँ जे हो त्यो बोल्नुहुन्छ, कतिपय सवालहरु उहाँले आफ्नै नेताहरुविरुद्द पनि गर्नुहुन्छ, उहाँको यो कमजोरी होइन, जनताका सवाल उठाउँदा कमजोर हुँदैन, उहाँले जहिल्यै काठमाडौँका बासीको कुरा गर्नुहुन्छ’ एमालेका एक शीर्षस्थ नेता भन्छन्, ‘अहिले पनि काठमाडौँ महनगरमा सबैभन्दा बढी मत मात्रै होइन, गठबन्धनका सबैको मत जोड्दा पनि एमाले बलियो छ, उहाँ (केशव स्थापित) उम्मेदार हुँदा त झन अहिले भईरहेको मतमा ३० प्रतिशत जोडिएर आउँछ ।’निडर र आशावादी व्यक्तित्वः रैथाने नेवारकेशव स्थापित भिजन भएका र विकासवादी नेताकै रुपमा चिनिन्छिन् । आफ्नो जति अरुको क्षमता छैन भन्ने स्वभाव हुँदाहुँदै पनि काठमाडौँका जनताले विकासवादी नेताका रुपमा चिनेका व्यक्ति हुन् उनी ।उनले २०५१ सालमै विवाद र आलोचनाकै बीचमा खेलकुद परिषद्को सदस्य सचिव भएर सफलताका साथ काम गरेर देखाएका थिए । २०४९ को स्थानीय चुनावमा उपमेयरमा पराजित भएपनि २०५४ मा मेयर नै जितिदिए । मेयरमा जितेनन् मात्रै, उदाहरणीय काम गरेर सफल मेयरको उपमा पनि पाए ।अहिले माइतीघर मण्डला रहेको ठाउँमा सडक अतिक्रमण गरेर त्यतिबेला बजार बसेको थियो । स्थापिथ आफैँ अघि लागेर त्यो बजार नै भत्काएर रातारात आकर्षक मण्डला खडा गरे ।सडक पूर्वाधारतर्फ कालिमाटी–कुलेश्वर खण्ड विस्तार गरेर चौडा बनाए । कुनैपनि सडकको नामाकरण हुन नसकेको अवस्थामा उनले काठमाडौँका सबैजसो सडकको नामाकरण गरिदिए । आफ्ना पीता बितेको समयमा समेत स्काभेटरसँगै सडकमा बसेर काममा खटिन्थे । त्यसबेला देखिको उनको जोश अहिले पनि उस्तै छ भन्छन् उनलाई नजिकबाट चिन्नेहरु ।विकासप्रेमी एकातिर हुन् भने अर्कोतिर उनी काठमाडौँका रैथाने नेवार समुदायका व्यक्ति हुन् । उनलाई उपत्यका बाहिर पनि धेरैले अतिथि वक्ताका रुपमा लगिरहन्छन् । विकास तत्काल गर्न सकिन्छ भनेर सपना देखाउने, योजना बनाउने, बनाइएका योजना जनतालाई सुनाई हाल्ने, निराशाका कुरा नगर्ने, सबैलाई आशावादी बन्न उत्प्रेरणा दिईरहने, जोखिम मोल्न नडराउने उनको स्वभाव सबैले मन पराउँछन् ।युवा संघको संस्थापक महासचिवपार्टीको भातृ संगठनमा केपी ओली र केशव स्थापित एउटै कमिटीमा थिए भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । अझ, एउटै कमिटीमा मात्रै होइन, दुवै जना कार्यकारी भूमीका थिए । २०४७ सालमा एमालेको तत्कालिन भातृ संगठन ‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ’को अध्यक्ष केपी ओली थिए भने केशव स्थापित महासचिव थिए । त्यतिबेला यो संगठन जति शक्तिशाली अरु संगठन थिएनन् । ओली यो संगठनको संस्थापक अध्यक्ष, स्थापित संस्थापक महासचिव ।ओलीपछि स्थापित नै यो संगठनको अध्यक्ष बनेका थिए । स्थापित भन्दा पछि युवा संघको अध्यक्ष भएकाहरु एमालेको पदाधिकारी, स्थायी कमिटी सदस्य र मन्त्री नै भईसके । तर, स्थापित अहिले पनि एमालेको केन्द्रीय सदस्यमा सिमित छन् ।

काठमाडौंको मेयरका लागि कांग्रेसले सिफारिस गर्‍यो पाँचजनाको नाम

नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस गरेको छ। महानगर समितिले सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरीप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य, प्रगतिमान रंजितको नाम वागमती प्रदेश...

कांग्रेसबाट काठमाडौको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस गरेको छ । कांग्रेस काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारको लागि सिंहसहित निलकाजी श्रेष्ठ, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । सिंह पुर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । त्यस्तै, हरिप्रभा महानगरको निर्वाचित उपप्रमुख हुन् । […]

काठमाडौँको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौँ महानगर समितिले मेयरको उम्मेदवारका लागि सिर्जना सिंहसहित ५ जनाको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको छ । नगर समितिको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । शाक्य नगर समितिका सभापति एवं काठमाडौं वडा नम्बर […]

काठमाडौंको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको हो । एमालेले मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको हो । सिफारिस […]

विराटनगरको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस, लालबाबु पण्डित पछि हटे

२७ चैत, विराटनगर । मेयरको दाबेदार दुई पूर्वमन्त्री ब्याक भएपछि नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले […]