सत्तारुढ गठबन्धनले जिल्ला समन्वय समिति(जिसस) को निर्वाचनका लागि जिल्लागत अबस्थाको विवरण संकलन गरिरहेको छ। गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको निर्वाचन तयारी तथा अनुगमन समिति अन्तर्गत तथ्यगत विवरण संकलन...
काठमाडौं, १३ वैशाख : स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्नुपर्ने भनेर निर्णय गराउने प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । १७ चैत २०७८ मा निर्वाचनमा तालमेलको प्रस्ताव उनैले गरेका थिए । अन्ततः तालमेलका लागि गठबन्धन दलहरूले समिति नै बनाए । निर्वाचन तयारी तथा अनुगमन समिति नाम दिएको समिति संयोजक रामचन्द्र पौडेल हुन् । […]
सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले काँग्रेस वरिष्ठ नेता पौडेल नेतृत्वमा काँग्रेस महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित गठबन्धनमा सहभागी दलका शीर्ष १० नेता सहभागी समिति बनाएको हो।