जर्मन सरकारद्धारा नेपाललाई करिब साढे ४१ लाख खोप हस्तान्तरण

नेपालका लागि जर्मनीका राजदूत डा स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आज मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेको हो।

सम्बन्धित सामग्री

जर्मनीद्वारा नेपाललाई ४१ लाख मात्रा खोप हस्तान्तरण

पुस १, काठमाडौं । जर्मनी सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ ।  मन्त्रालयमा बिहीवार आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेका हुन् । मन्त्री खतिवडालाई उनले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २५० खोपको मात्रा हस्तान्तरण गरेका हुन् । तीमध्ये २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन र १९ लाख ६५ हजार ६०० मात्रा मोडर्ना रहेका छन् ।  हस्तान्तरण समारोहमा मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । कोभिड–१९ को सुरुआती अवस्थादेखि नै रोकथाम र नियन्त्रणमा जर्मनी सरकारले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको भन्दै उनले आज उपलब्ध गराएको खोपले नेपाल र जर्मन सरकार बीचको द्विपक्षीय सम्बन्धमा अर्को इँट्टा थपेको बताए ।  ‘कोभिड–१९ को परीक्षणसम्बन्धी सूचना व्यवस्थापन, स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा उपलब्ध गराइएको सहायतासमेत सराहनीय छ,’ मन्त्री खतिवडाले भने, ‘जर्मनी सरकारका तर्फबाट प्राप्त अन्य स्वास्थ्य उपकरण र  सामग्री उपयोगी छ ।’ नेपालमा स्वास्थ्यबीमाको सुरुआत र संस्थागत गर्न, अस्पताल तथा स्वास्थ्य संस्था निर्माण गर्न, स्वास्थ्य सूचना प्रणाली संस्थागत गर्न तथा समग्र स्वास्थ्य प्रणाली सदृढीकरणका लागि जर्मन सरकारले पुर्‍याएको सहयोग स्वागतयोग्य रहेको उनले बताए । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले मोडर्ना खोप यही पुस ४ गतेदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने बताइन् ।  अनुसार सरकारले ५७  जिल्लामा विद्यालयमा गई उक्त उमेर समूहका बालबालिकालाई खोप प्रदान गर्ने छ । यस्तै जोन्सन एण्ड जोन्सन भने विदेश जाने र लक्षित अन्य व्यक्तिलाई लगाइने छ । रासस

जर्मनीले दियो नेपाललाई कोभिड–१९ विरुद्धको ४१ लाख डोज खोप

काठमाडौं । जर्मन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको ४१ लाख डोज खोप हस्तान्तरण गरेको छ । नेपालका लागि जर्मनका राजदूत डा. स्टेफन रुसेकले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोर्डना र जोन्सन एन्ड जोन्सन गरी ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन् । जर्मन सरकारले कोभ्यास सुविधामार्फत उक्त खोप...

जर्मन सरकारबाट ४१ लाख डोज खोप प्राप्त

काठमाडौं । जर्मन सरकारले आज कोभ्याक्स सुविधा अन्तर्गत ४१ लाख डोज कोरोना भाइरस विरुद्धको खोप नेपाललाई हस्तान्तरण गरेको छ । नेपालका लागि जर्मनी राजदुत स्टेफन रुसेक आज स्वास्थ्य मन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो । जर्मनले कोभ्याक्स अन्तर्गत फाइजर र मोर्डनाको खोप उपलब्ध गराएको हो । यस्तै, आज कोभ्याक्स अन्तर्गत आज थप ७ लाख […]

जर्मन सरकारद्धारा नेपाललाई करिब साढे ४१ लाख खोप हस्तान्तरण

नेपालका लागि जर्मनीका राजदूत डा स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आज मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेको हो।

जर्मनीद्वारा कोभिडविरुद्धको खोप सहयोग

जर्मनीले नेपाललाई १५ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । कोभ्याक्स सुविधामार्फत उक्त खोप बुधबार नेपाललाई दिइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई नेपालका लागि जर्मन राजदूत डा. थ्रोमास प्रिन्सले खोप हस्तान्तरण गर्नुभयो ।