सोलुमा पनि देखियो डेंगु सङ्क्रमण

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाभित्रका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । अस्पताल निमित्त प्रमुख सानी शेर्पाकाअनुसार थुलुङ दूधकोशी गाउँपालिका–२ काँगेलका ३३ बर्षीय युवक र वडा नम्बर ३ का ६० बर्षीय वृद्धलाई सङ्क्रमण पुष्टि भएको हो । उहाँहरुको ट्राभल हिस्ट्री […]

सम्बन्धित सामग्री

डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौं, ११ असोज। नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ। ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो। आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ। सबैभन्दा धेरै सुनसरीमा १५ हजार ९९९ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।

धनगढीमा डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु

धनगढी– कैलालीको धनगढीमा डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगु सङ्क्रमणबाट ज्यान गएको हो। केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको थियो।  त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको हो।

दार्चुलाको ब्यासमा डेंगु सार्ने लामखुट्टे फेला

पहाडमा पनि डेंगु सङ्क्रमण बढ्दै गएको र सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।  उनले भने, 'यहाँ पनि डेंगु सङ्क्रमण बढेको छ। सबैले सचेत रहन आवश्यक छ।'

लमजुङमा सात जनामा डेंगु सङ्क्रमण

लमजुङ।  लमजुङमा एक महिनाको अवधिमा सातजनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै श्रावण महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा सातजनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय लमजुङका अनुसार पछिल्लो एक महिनाको अवधिमा राईनास नगरपालिका अन्तर्गत मात्रै चारजनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । सो बाहेक […]

चितवनमा डेंगु सङ्क्रमित २ हजार नाघे

समाचारको सारांशजिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ।...

थप ७६१ जनामा डेंगु सङ्क्रमण, दुई जनाको मृत्यु

नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ । योसँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।मन्त्रालयका अनुसार डेंगु रोगबाट थप २ जनाको मृत्युसमेत भएको छ । हालसम्म यसबाट ५१ जनाले ज्यान गुमाइसकेका छन् । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

७७ वटै जिल्लामा डेंगु सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर डेंगु सङ्क्रमण उत्कर्षमा पुगेको छ । सातै प्रदेशका ७७ वटै जिल्लामा सङ्क्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा पुष्टि भएको छ । बाग्मती प्रदेशमा ३२ हजार ४ सय ९४ जना सङ्क्रमित भएका छन् । बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशमा ४ हजार ३ सय ९९ जनामा संक्रमण पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य […] The post ७७ वटै जिल्लामा डेंगु सङ्क्रमण पुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवनमा एक हजार बढीमा डेंगु सङ्क्रमण

कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो।

डेंगु संक्रमण महामारीको अवस्थामा पुगिसक्यो

राजधानी काठमाडौंमा डेंगुले महामारीको रूप लिन थालेको छ। जेठमा धरानमा देखिएको डेंगु सङ्क्रमण अहिले काठमाडौंमा पनि डेंगु आशंका लागेर अस्पताल पुगेका झन्डै ९० प्रतिशतमा डेंगु पुष्टि भएको हो। यसै विषयमा आधारित भएर डा. प्रशान्त त्रिपाठीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः पछिल्लो समय डेंगु सङ्क्रमण कोरोनाको जस्तै महामारीको अवस्थामा पुगेको छ अहिलेको अवस्थालाई […]

के एक पटक भइसकेकालाई पटक–पटक डेंगु हुन सक्छ ?

पछिल्लो समय नेपालमा ८ हजारभन्दा धेरैलाई डेंगु सङ्क्रमण पुष्टि भइसकेको अवस्था छ । डेंगुका लक्षणसहितका सङ्क्रमित बिरामी भई उपचार अनि आरामपछि निको भएकाहरूलाई पुनः डेंगु सङ्क्रमण हुन्छ कि हुँदैन ? फेरि सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता ल्याउँछ कि ल्याउँदैन ? लगायत चिन्ताले धेरैले सताएको छ । एकपटक डेंगु सङ्क्रमण भएकालाई पुनः डेंगु सङ्क्रमण तत्काल नहुने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन सुनाउँछन् । ‘एकपटक सङ्क्रमण भइसकेपछि एन्टीबडीको विकास भइसकेको हुन्छ, पुनः तत्काल डेंगु हुने सम्भावना धेर