जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद झन् गहिरिँदै गएको छ । नेतृत्वका लागि भइरहेको विवादमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई ‘ट्रयाक–१’ मा असफल भएपछि ‘ट्रयाक–२’ योजनामा प्रवेश गरेका छन् । ट्रयाक–१ अर्थात् संसदीय तथा केन्द्रीय समितिमा बहुमत पुर्याएर उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर छुट्टै पार्टी बनाउने योजना बनाएका उनी त्यसमा असफल भए । पार्टी विभाजन गर्न न संसदीय दलमा बहुमत पुग्यो न केन्द्रीय समितिमा । संसदमा जसपाका राष्ट्रिय