पर्वत : नायक पल शाहसँग आफ्नो नाम जोडेर सम्बन्धका विषयमा समाचारहरू आएको भन्दै गायिका समीक्षा अधिकारीले आपत्ति जनाएकी छिन्।शाहसँग सम्बन्धका बारेमा तोडमोड गरेर तुच्छ कुराहरू मिडियामा ल्याई अफवाहको रूपमा फैलाउँदा नायक शाह र आफूलाई सामाजिक र चारित्रिक रूपमा निकै असर गरेको बताउँदै समीक्षाले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाई राख्दै उनले आफूहरू एउटै ‘इन्डस्ट्री’ मा भएको तथा पल आफ्नो अभिभावक भएको उल्लेख गर्दै आफूहरूबिचमा कुनै अनैति