१ करोड ३५ लाखमा नेपाल भित्रियो सलमानको ‘अन्तिम’ फिल्म

७ मंसिर, काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको प्रतीक्षित चलचित्र ‘अन्तिम’लाई महंगो रकममा नेपाल भित्र्याइएको छ । यो चलचित्रलाई ‘ए एट फिल्मस्’ले १ करोड ३५ लाखमा नेपाल भित्र्याएको हो । ‘अन्तिम’ शुक्रबार अर्थात् नोभेम्बर २६ तारिखबाट विश्वभर रिलिज हुँदैछ । चलचित्र नेपालका १२५ वटा हलमा लाग्ने वितरक कम्पनीले जानकारी दिएको छ । ‘ए एट फिल्मस्’ […]

सम्बन्धित सामग्री

तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो

चालू आर्थिक वर्ष २०७९-८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रूपैयाँको फलफूल भित्रिएको पाइएको छ । २०७९  सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो । भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रूपैयाँको फलफूल नेपालले आयात गरेको छ ।  उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रूपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रूपैयाँको भुइँकटहर नेपाल भित्रि

नेपाल भित्रियो निसानको नाभारा प्रो फोर एक्स, मूल्य १ करोड १६ लाखसम्म

२ हजार ४ सय ८८ सीसी इन्जिन क्षमताको यो गाडीले ६३ हजार ६ सय आरपीएममा १ सय ९० पीएस पावर र २ हजार आरपीएममा ४ सय ५० एनएम टर्क जेनेरेट गर्छ ।

पछिल्लो चौबिस घण्टामा एक करोड १० लाखभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रियो

काठमाडौं। पछिल्लो चौबीस घण्टामा विभिन्न नाकाबाट कोरोना महामारीविरुद्ध प्रयोग गरिने एक करोड १० लाखभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रिएको छ। अर्थ मन्त्रालयका अनुसार सो अवधिमा १ करोड १० लाख ५२ हजार ५९९ थान मेडिकल उपकरणहरु, २९ हजार १४५ एमटीक्यू अक्सिजन, ९९ हजार २०० भायल्स कोभिड–१९ भ्याक्सिन, कोभिड–१९ टेस्ट किट, स्यानिटाइजर लगायत औषधिहरु नेपाल भित्रिएको छ।

आठ महिनामा एक अर्ब ३४ करोडभन्दा बढीको बोसो नेपाल भित्रियो

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभिन्न देशबाट १ अर्ब ३४ करोड १४ लाख ५२ हजार रूपैयाँको बोसो विभिन्न देशबाट नेपाल भित्रिएको छ। २०७७ साउन १ गतदेखि फागुन मसान्तसम्म उक्त मूल्यको १ करोड ५७ लाख ३७ हजार २९५ केजी बोसो नेपालमा आयत गरिएको भन्सार विभागले जनाएको छ। बोसोबाट साबुन र मैनबत्ती बनाउने गरिन्छ।