गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई २४ घण्टाको समय दिएकी छन् ।
संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न समय दिइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि सांसदले आफूसँग बहुमत रहेको आधार प्रस्तुत गरेमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानको धारा १६८ (५) मा छ ।
१६८ (३) बमोजिम अल्पमतको सरकार बनाएका पृथ्वीसुब्बा गुरुङले...