निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।