कंगना रनौत अभिनित फिल्म 'धाकड' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म जेठ १३ गते (मे २७) मा सिनेमा हलमा रिलिज हुने पक्का भएको हो।
कंगनाले फिल्मको पोस्टर सेयर गदैँ प्रदर्शन मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। पोस्टरमा कंगना एक्सन अवतारमा देखिएकी छिन्। 'एजेन्ट अग्नि' तीव्र रुपमा आउँदैछ, जो कहिले रोकिनेछैन्।' उनले लेखेकी छिन्।…