काठमाडौं महानगरपालिकाको मतगणना ८ बजेबाट

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रबार मध्यरातमा बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हो । ...

सम्बन्धित सामग्री

काठमाडौं नगर कार्यपालिकामा कांग्रेसको बहुमत ? बालेनलाई कति गाह्रो ?

१२ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनमा सर्वाधिक चासोको रुपमा हेरिएको स्थानीय तह काठमाडौं महानगरपालिका । काठमाडौं महानगरपालिकाले निर्वाचन भएको १४ दिनपछि मतगणना सकिएर जनप्रतिनिधि आएका छन् । यो निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन्द्र साह(बालेन) निर्वाचित भएका छन् । यस्तै उपमेयरमा एमालेबाट सुनिता डंगोल आएकी छिन् । अघिल्लो चोटी काठमाडौैंमा नेकपा एमालेको प्रमुखसहित बहुमत […]

६ वटा महानगरपालिकामध्ये एउटामा पनि एमालेले अग्रता लिन सकेन

काठमाडौं, १ जेठ। देशमा रहेका ६ वटा महानगरपालिकामध्ये एउटामा पनि नेकपा एमालेका उम्मेदवारले अग्रता लिन सकेका छैनन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती महानगरपालिकामा पनि अग्रता लिन सकेको छैन । हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, विराटनगर महानगरपालिका र विरगन्ज महानगरपालिकाको प्रमुख […]

मुलुकभर मतगणना कछुवा गतिमा, मतपरिणाम आउन कति दिन लाग्ला ?

वैशाख ३१, काठमाडौं ।  संघीय लोकतान्त्रिक गणतन्त्रपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन स्थानीय तह अन्तरगत शुक्रवार सम्पन्न भएको निर्वाचनको मतगणना कछुवा गतिमा शुरु भइरहेको छ । केहि स्थानको मतपरिणाम सार्वजनिक भइसकेता पनि अधिकांश स्थानको मतगणनाका लागि सर्वदलीय बैठक बस्न ढिलाई भएकाले शुक्रवार विहान अवेरमात्र मतगणना शुरु भएको हो ।  निर्वाचन आयोगले शुक्रवार नै  मतगणना शुरु गर्न स्पष्ट निर्देशन दिएता पनि प्रक्रिया पुगेका स्थानहरुमा पनि ढिला गरी मतगणन शुरु भएका छन् । मुलुककै ठूलो महानगरपालिकाको रुपमा रहेको काठमाडौं महानगरमा पनि शुक्रवार बिहान १० बजेपछि मात्र मतगणना शुरु भएको छ । राष्ट्रिय सभा गृहमा बिहान ८ बजेबाट मतगणना शुरु गर्ने भनिएता पनि सर्वदलीय बैठक नै ढिला बसेको थियो ।   निर्वाचन आयोगका अनुसार  प्रारम्भिक मतगणना गर्ने क्रममा अहिले काठमाडौं महानगरपालिका वडा नं १ नक्साल र वडा नं ३२ को मतगणना शुरु गरिएको छ । ३ लाखभन्दा बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको छ ।   काठमाडौं महानगरको प्राप्त मत परिणाम र हालसम्मको समयलाई आधार मान्ने हो भने एउटा मत सदर या बदर  मत ठहर्‍याउन २० मिनेटसम्म लाग्ने गरेको सहभागी राजनीतिक दलका स्वयंसेवकहरुले बताएका छन् ।  यसरी हेर्दा काठमाडौं महानगरको अन्तिम नतिजा आउन हप्ता दिनभन्दा बढी समय लाग्ने देखिन्छ । मतगणना भइरहँदा राष्ट्रिय सभागृह परिसरमा भिड बढ्दै गएको छ । त्यहाँ विभिन्न राजनीतिक दलका कार्यकर्ता र उमेद्वारका समर्थकहरु सभागृह आउने क्रम जारी छ। महानगरमध्ये सबैको चासोको विषय बनेको चितवनको भरतपुरमा पनि  शुक्रवार मात्र मतगणना शुरु भएको छ । ललितपुर महानगरपालिकामा पनि अपरान्ह १२ बजेपछि मात्र  मतगणना शुरु भएको छ । यसैगरी  विराटनगरमा पनि मतगण शुरु  भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकभर करीब ६४ प्रतिशत मत खसेको छ ।                 आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवादका कारण मतदान कार्य रोकिएको छ ।  एकैपटक देशभरका कुल १० हजार ७५६ ओटा मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा शुक्रवार मतदान भएको थियो। यसपटक ७५३ ओटा स्थानीय तहमा कुल ३५ हजार २२१ निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । यसपालि ६५ ओटा दल निर्वाचनमा सहभागी छन् ।

काठमाडौंमा एक मतपत्र गन्न २० मिनेट समय

काठमाडौं महानरपालिकाको मतगणनामा ढिलाइ भइरहेको छ । मतगणना सुरू भएको साढे दुई घण्टा बितिसक्दा पनि ७५ मत मात्र गणना हुन सकेको छ । बिहान ९ः५५ बजेटबाट सुरू भएको मत गणनामा वडा नम्बर १ र ३२ वडाको एकैसाथ भइरहेको छ । काठमाडौं महानगरपालिका धेरै उम्मेदवार भएकाले मत गणना गर्न धेरै समय लागिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि मात्रै ५४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरका लागि ३० जनाको उम्मेदवारी परेको छ । जसले गर्दा मत गणनामा समय लागिरहेको

काठमाडौं महानगरपालिका : मतगणना शनिबार बिहान ८ बजे हुने

काठमाडौं :   काठमाडौं महानगरपालिकाको मतगणना भोली हुने भएको छ। शनिबार बिहान ८ बजे मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ।मतगणनाबारे निर्णय गर्नका लागि शुक्रबार राती  राष्ट्रिय सभागृहमा बैठक बसेको थियो। काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता रहेका छन्।शुक्रबार भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका जम्मा ५० प्रतिशत मत खसेको  निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं महानगरपालिका : मतगणनाको लागि सर्वदलीय बैठक सुरु

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको मतगणना आजै हुने भएको छ । यसको लागि निर्णय लिन सर्वदलीय बैठक सुरु भएको छ । विभिन्न मतदान केन्द्रबाट मतपेटिका ल्याउन समय लागेको कारण मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरिएलगतै सर्वदलीय बैठक सुरु भएको जनाईएको छ । काठमाडौंमा ३ लाख २४२ मतदाता छन् । तर करिव ५२ प्रतिशत मात्र मत […]

काठमाडौं महानगरपालिका अपडेटः ६० वटा मतपेटिका बुझ्नै बाँकी

चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही घण्टा लाग्ने देखिएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार साँझ ५ बजेदेखि मतगणनास्थल राष्ट्रिय सभागृहमा मतपेटिका बुझिरहेपनि अझै यो क्रम नसकिएको हो ।निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मतपेटिका बुझ्न अझै ५०–६० वटा बाँकी रहेको भन्दै सो कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना हुने समय निर्क्योल गर्ने बताए ।