कांग्रेस निर्वाचन : मतगणनाको तयारी, मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था

नेपाली कांग्रेसको मतगणना राति १ बजेदेखि शुरू गर्ने तयारी भएको छ । जसका लागि राष्ट्रिय सभा गृहको मतदान स्थलको सभापतिको मतपेटिका मतगणना स्थल पुर्‍याइएको छ । निर्वाचन समितिले अबको केही समयपछि सभापतिको मतगणना गर्ने तयारी गरेको जानकारी दिएको छ । मतगणनाका लागि मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।   कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । ६४ जना भने अनुपस्थित रहे । भावी नेतृत्वका लागि सभापतिमा व...

सम्बन्धित सामग्री

मनाङ र मुस्ताङका लागि हेलिकोप्टरमार्फत मतपत्र ढुवानी

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पुगेका छन् । बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ती जिल्लामा मतपत्र पु¥याइएको हो ।प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिए । “आज साढे आठ बजे प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र आइपुगेको छ । कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको छ”, आचार्

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल अग्रता फराकिलो पार्दै, पछ्याउँदै गठबन्धन

धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। ५ सय ५३ मतगणना हुँदा अग्रता फराकिलो बनाउँदै गएका हमालले २५० मत पाएका छन्।सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १६७, नेकपा एमालेका रणबहादुर चन्दले २५ मत पाएका छन्। मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। मतगणनास्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीति

मतदान र मतगणनामा सुरक्षाकाे कमी हुँदैन : प्रजिअ रिजाल

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शान्तिपूर्ण वातावरणमा मतदान गर्नेदेखि मतगणना नसकिञ्जेल सम्मको लागि कडा सुरक्षा व्यवस्था तयार पारेको जानकारी दिएका छन्। सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको पनि उनले जानकारी दिए।‘सकेसम्म शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था तयार पारेका छौँ,२०७४ मा भएको निर्वाचन क्रियाकलापबाट पनि हामी सतर्क रहेका छौँ,’उनले भने। उनले काठमाडौंभित्रको मतदान केन्द्रमा घुम्ती सुरक्षाको टोली पनि

उदयपुरका १२ मतदान स्थल अति संवेदनशील, कडा पारियाे सुरक्षा व्यवस्था

काठमाडाैँ- जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो। जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा […]

कडा सुरक्षाबीच महोत्तरीका सबै वुथ निर्माण

कडा सुरक्षाकाबीच महोत्तरीको दुई सय ५८ मतदान स्थलमा रहेको चार सय २६ वटै मतदान केन्द्रमा वुथ निर्माण कार्य सम्पन्न भएको मूख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ । निर्वाचन आयोगबाट पठाइएको प्लास्ष्टिकको डोरी र बाँसको घेरावेरा लगाएर वुथ निर्माण गरिएको छ । वुथ निर्माण कार्य पुरा भई सकेको सवै मतदान केन्द्रहरुमा अप्रिय घटना हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

मतगणनाका लागि धादिङमा कडा सुरक्षा व्यवस्था

निर्वाचन आयोगले अति संवेदनशील जिल्लाको सूचीमा राखेको धादिङमा मतगणनाको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

छिटपुट घटना मात्रै : गृह

गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । निर्वाचनपूर्व उम्मेदवार केन्द्रित शृंखलाबद्ध विस्फोटका घटना भएपछि गृहले कडा सुरक्षा व्यवस्था गरेको जनाएको थियो ।

गौरको मतगणनास्थलमा तार जाली

रौतहट जिल्लाको गौर नगरपालिकामा मतगणनास्थलको कडा सुरक्षा व्यवस्था गरिएको छ। चितवन महानगरपालिकामा जस्तो विवाद नहोस भनेर यहाँ पनि मतगणनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको हो। रौतहटका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालका अनुसार गौर नगरपालिकाको हलमा मतगणना हुँदै हुने भनेर सबै व्यवस्था मिलाइसकिएको छ। रौतहटको मौलापुर नगरपालिकाको गमहरिया मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि त्यहाँ प्रहरीले दिउँसो…