प्रधानमन्त्री ओली : खोप उपलब्ध गराउन सहयोग गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्टिय समुदायलाई आग्रह गरे ।बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरूसँग अन्तरक्रिया गर्दै उनले नेपाली नागरिक सबैलाई पुग्ने गरी कोभिड–१९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दे सहयोग गर्न आग्रह गरे । अनुदानमा नभए किनेर भए पनि खोप […]

सम्बन्धित सामग्री

खोपका अभावमा नागरिक तड्पिनु पर्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने, 'भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ।'

तोकिएकै समयमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारलाई काम गर्न नदिइएपछि समयअगावै निर्वाचनमा जानुपरेको बताए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक र मंसिरका लागि मध्यावधि निर्वाचन घोषणा गरेकी छन् । प्रधानमन्त्री ओलीले तोकिएको निर्वाचनअघि नै सबैलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताए । उनले शून्य अवस्थाम...

प्रधानमन्त्री ओली र बेलायती राजदूतबीच भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।  सिंहदरबारमा बिहीवार (आज) भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो । विशेषगरी उहाँहरूबीच कोभिड १९ विरुद्धकाे लडाइँमा परस्पर सहयोगको आदानप्रदानबारेमा छलफल भएको छ ।  भेटमा प्रधानमन्त्री ओलीले बेलायतले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ ।

खोप लगाउनेमा दक्षिण एसियामा भारतपछि नेपाल हो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनेमा दक्षिण एसियामै भारतपछि नेपाल रहेको बताएका छन्। आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘२१ लाखलाई पहिलो खोप लगाइसकिएको छ, दोस्रो डोज लगाइँदैछ। कोभ्याक्सबाट खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध छ।’ महामारीका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्नेमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए।