प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारलाई काम गर्न नदिइएपछि समयअगावै निर्वाचनमा जानुपरेको बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक र मंसिरका लागि मध्यावधि निर्वाचन घोषणा गरेकी छन् ।
प्रधानमन्त्री ओलीले तोकिएको निर्वाचनअघि नै सबैलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताए ।
उनले शून्य अवस्थाम...