काठमाडौं : मुग्लिन-नारायणगढ सडकको रामनगरमा बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। चितवनको भरतपुर-१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो।दुर्घटनामा परी चितवन भरतपुर मनपा-११ की ४४ वर्षीया मिना सापकोटा, भरतपुर-५ का ४० वर्षीय केशर साह, भरतपुर-२१ की ४४ वर्षीया मेनका तामाङ , भरतपुर-१४ का ५३ वर्षीय हरिराम ढकाल र ५