इडी कार्यालयद्धारा राहुल गान्धीसँग सोधपुछ, कार्यालय बाहिर कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

एजेन्सी, ३० जेठ । नेशनल हेराल्डको विषयममा ईडी कार्यालयका तीन अधिकारीहरूले राहुल गान्धीसँग सोधपुछ गरिरहेका छन् । राहुलसँग पैदलयात्रा गरेर कांग्रेस मुख्यालयबाट निस्किएका कांग्रेस नेताहरू एक किलोमिटर अगाडि नै रोकिएपछि सडकमै धर्नामा बसेका थिए । प्रदर्शनमा उत्रिएका कांग्रेस सांसद रणदीप सिंह सुरजेवाला र अन्य नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहुलको उपस्थिति हुनुअघि प्रियंका गान्धी […]

सम्बन्धित सामग्री

दार्चुलामा दुई गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते

दार्चुलामा सत्तारुढ गठबन्धन र बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२/२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का अन्दाजी ३४/३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए । घाइते मध्य निरे गठुन्ना एमालेका कार्यकर्ता हुन् भने जयसिंह धामी कांग्रेस कार्यकर्ता हुन् ।घाइत

दैलेखमा कांग्रेस–एमाले झडप : दुवैतर्फ घाइते

काठमाडौं । दैलेखको आठबीस नगरपालिका–६ मा आज नेकपा (एमाले) र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । आठबीस–६ स्थित भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा झडप हुँदा दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । एमालेले कांग्रेस कार्यकर्ता गणेशबहादुर शाहीले दर्जनौँ भोट हालेको आरोप लगाएको छ । कांग्रेसले भने एमालेले हार्ने अवस्था आएपछि...

कांग्रेस अधिवेशनः सर्लाहीको बलरामा फेरि झडप, मतदान अधिकृतसहित पाँच घाइते

सर्लाही– सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए। घटनामा ३ जना सुरक्षाकर्मी, एक जना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाइते भएका प्रहरी प्रवक्ता डिएसपी बुडाथोकीले पुष्टि गरे। घाइते हुनेमा प्रहरी […]

बलरामा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, मतदान अधिकृतसहित ४ प्रहरी घाइते

कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा सर्लाहीको बलरामा सोमबार पनि झडप भएको छ । झडपमा मतदान अधिकृतसहित ४ प्रहरी र एकपक्षका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् ।

बैतडीमा ओली समूह र कांग्रेसबीच झडप, पूर्वमन्त्री एनपी साउदसहित तीन घाइते

काठमाडौं । बैतडीमा नेकपा ओली पक्ष र कांग्रेस कायकर्ताहरुबीच झडप भएको छ । झडपमा परी कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन्। बैतडीको डिलासैनी गाउँपालिका–३ पनसेरामा मंगलबार दिउँसो कांग्रेसले आयोजना गरेको सभामा ओली समूहले ढुंगा प्रहार गरेको थियो । पूर्वमन्त्री एनपी साउदको खुट्टामा ढुंगाले चोट लागेको छ । यस्तै, कांग्रेस कार्यकर्ता जयराज जोशीसहित अर्का एक जना पनि घाइते छन् । गाउँपालिकाको केन्द्रको विषयमा विवाद हुँदा नेकपा ओली र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले विरोध सभा गर्न लाग्दा झडप भएको हो । सभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महर लगायत नेताले बोल्ने कार्यक्रम थियो ।

फोरम र कांग्रेस कार्यकर्ताबीच झडप, ७ घाइते

रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । फोरम कार्यकर्ताहरुले गाउँमा भएको पूजाको प्रसाद वितरणको विषयलाई लिएर कांग्रेस कार्यकर्ता तथा समर्थकहरुमाथि आक्रमण गरेका छन् ।

एमाले आक्रमणमा परेका कांग्रेस कार्यकर्ताको ग्राण्डीमा शल्यक्रिया

गुल्मीको अर्वेनीमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा घाइते भएका कांग्रेस कार्यकर्ता उत्सव न्यौपानेलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।