दाङमा राप्ती गाउँपालिका उत्कृष्ट, अध्यक्ष विष्ट भन्छन्– अर्को वर्ष देशकै सर्वोत्कृष्ट हुने लक्ष्य छ

७ फागुन, दाङ देउखुरी । कार्यसम्पादन मूल्यांकनमा दाङका १० पालिकामध्ये राप्ती गाउँपालिका उत्कृष्ट ठहर भएको छ । गढवा गाउँपालिका पुछारमा छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकका आधारमा गरेको मूल्यांकनमा राप्ती गाउँपालिका ६४.१७ अंकसहित जिल्लामा उत्कृष्ट ठहर भएको हो । दोस्रो स्थानमा बंगलाचुली गाउँपालिका र तेस्रोमा तुलसीपुर उपमहानगरपालिका छन् । […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश राजधानीमा पूर्वाधारको काम धमाधम

बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार भौतिक पूर्वाधारको काम सपन्न हुनेबित्तिकै प्रदेशसभाको बैठक बस्ने जानकारी दिए । ‘हामीले काम फटाफट सक्यौं भने सकेसम्म त्यही बैठक बस्ने योजना छ,’ उनले भने, ‘विसं २०७८ जेठमा पाँच करोड २१ लाखको लागतमा प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत सुविधा सम्पन्न सभाहल, सभामुखको लबी, स्टेजलगायतका काम सम्पन्न गर्ने भनिए पनि सभाहललाई लक्षित गरेर काम तीव्र बनाइएको छ ।’ लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ पुनले भौतिक पूर्वाधारका काम तीव्ररूपले भइरहेकाले तोकिएको अवधिसम्ममा निर्माण सकिए प्रदेशसभाको बैठक बस्न सकिने जानकारी दिए । सभामुखका प्रमुख स्वकीय सचिव धु्रवविक्रम ओलीले सभाहल निर्माणको काम करिब ३५ प्रतिशत पूरा भएको बताए । तीन महिनाभित्र सभाहल निर्माण सकिने आकलन गरिएको छ । प्रदेश सरकारले स्थायी राजधानीको गुरुयोजनाको निर्माण शुरू गरेको थियो । प्रशासनिक केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्र तोक्ने र सोहीअनुसार डिजाइन बनाइने गुरुयोजना थियो । स्थायी राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका–१, २ र ३, शीतगङ्गा नगरपालिकालाई समेट्नेछ । एक वर्षअघि लुम्बिनीको स्थायी राजधानी भालुबाङ क्षेत्रलाई तोकिएको थियो । सोही अनुसार त्यसलाई आधुनिक शहरका रुपमा विकास गर्ने लक्ष्य लिइएको थियो । प्रदेशसभाका सूचना अधिकारी यमकान्त पाण्डेले राजनीतिक तहमा कुराकानी भए पनि कर्मचारीको तहमा छलफल नभएको जानकारी दिए । रासस

दाङका ६ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा

दाङका ६ ओटा पालिकामा  आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो । जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जनाएको हो । ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ ।यसपटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १

दाङका ६ ओटा पालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु

मंसिर १९, दाङ । दाङका ६ ओटा पालिकामा आइतवारदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन शुरु गरिएको हो । जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीवारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जानकारी दिएको हो । ती पालिकाका करीब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ । यस पटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १९ गतेसम्म लगाइने भएको छ । यसअघि गत मंसिर १२ गतेदेखि १७ गतेसम्म तुलसीपुरसहित पश्चिम दाङको शान्तिनगर, दङगीशरण र बबई गाउँपालिकामा भेरोसेलको पहिलो मात्रा खोप लगाइएको थियो । उनीहरुलाई आउँदो पुस ४ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने  जानकारी दिइएको छ । रासस

प्रधानमन्त्री ओलीले रिवन काटेर उद्घाटन गरे नेपालकै दोस्रो लामो पूल

प्रधानमन्त्री केपी शर्मा ओली नेपालकै दोस्रो लामो पूलको उद्घाटन गरेका छन् । सोमवार उनले रिवन काटेर पूलको उद्घाटन गरेका हुन् । दाङको राप्ती गाउँपालिका स्थित लालमटियामा बनेको पक्की पुल ४ वर्ष सम्ममा सक्ने लक्ष्य भएपनि लक्ष्यभन्दा ४ महिना अगाडि नै निर्माण सम्पन्न सकिएको थियो । २०७७ असार १५ गते पूल निर्माण सम्पन्न भएको थि...