काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साेमबार पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्र सार्वजनिक गरेकाे छ। आज बानेश्वरमा एक कार्यक्रमकाबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लाेहनीलगायतका नेताहरूकाे उपस्थितिमा घाेषणापत्र सार्वजनिक गरिएकाे हाे। राप्रपाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा भ्रष्टाचार रोक्ने र […]