सरकारले रात्री व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको छ । गृह मन्त्रालयले मुलकभर दिउँसो र रातको समयमा होटल/रेस्टुराँ, डान्स/डिस्को/बारलगायत व्यवसाय सञ्चालन गर्न आचारसंहिता जारी गर्दै समयसीमा हटाएको हो । गृहको नयाँ मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न दिने गरी समन्वय गर्न प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक परिपत्र गरिएको छ ।