राज्यको मूल प्रवाहीकरणमा पर्नबाट छुटेको, छुटाइएको एक वर्ग समुदायको मान्छे डाक्टर विष्णुमाया परियार । राज्यले संस्थागत गरेको बन्चितिकरणका अनेकन् अघोषित-घोषित नीति छिचोल्दै, झ्याल ढोका फोर्दै सफलताको सिँढी चढेर विश्वमै उत्कृष्टहरूको हारमा पुग्छिन् तथापि त्यो दलित समुदाय र सिङ्गो देश गर्वले रोमाञ्चित बन्नुपर्ने थियो त्यो हुन सकिरहेको छैन ।