युवा उद्यमी रूपेश पाण्डेयले विश्वप्रख्यात ब्राण्ड टमी हिलफिगर नेपाल भित्र्याएका छन् । अमेरिकी ब्राण्ड टमी हिलफिगर विशेष गरेर नयाँ पुस्तामाझ चर्चित ब्राण्ड हो । अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा, जुत्ता तथा महिलाका पहिरन बिक्री वितरण गरिरहेका आर.पी. ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका पाण्डेयले युवाहरूको चाहना र मागलाई मध्यनजर गर्दै यो ब्राण्ड पहिलो पटक नेपाल भित्र्याएका हुन्। टमी हिलफिगरको ब्राण्ड खरिदका लागि उपभोक्ताले ललितपुरको लबिम मलमा रहेको पसल नं. ००१ को आउटलेट भिजिट गर्न आरपी ग्रुप