सुर्खेतमा जावाको सोरुम

काठमाडौं (अस) नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले सुर्खेतमा नयाँ डिलर विस्तार गरेको छ । कम्पनीले वीरेन्द्र नगरपालिका–३ मूलपानी जुम्ला रोडमा  एमपी मोटोहब स्थापना गरेको हो । एमपी मोटोहबमा पूर्ण सञ्चालित जावा मोटरसाइकलको सोरुममा जावा मोटरसाइकल बिक्री गरिनेछ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलर भएका स्थानमा सुलभ रूपमा जावा मोटरसाइकल उपलब्ध गराइरहेको छ । अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले बुधबार सोरुम उद्घाटन गरे  । उनले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल बिक्री गर्न यस क्षेत्रका ग्राहकलाई सहज होस् भने सोरुम खोलिएको बताए । एमपी मोटोहबका प्रबन्ध निर्देशक रोशन तिवारीले नयाँ सोरुमबाट जावा मोटरसाइकल बिक्री–वितरण हुने जानकारी दिए । सुर्खेत सोरुमबाट जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित विभिन्न मोडल बुक गर्न सकिनेछ । वीरेन्द्रनगरपालिका–३ मूलपानी, जुम्ला रोड र वरपरका क्षेत्रमा टेस्टराइड सञ्चालन गरिनेछ ।

सम्बन्धित सामग्री

जावा मोटरसाइकलको डिलर सुर्खेतमा

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले वीरेन्द्रनगरपालिका–३ मुलपानी, जुम्ला रोडसुर्खेतमा जावा मोटरसाइकलको सोरुम खोलेको छ ।बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित सोरुम स्थापना […]