जनकपुरधाम : धनुषाको निर्वाचन क्षेत्र ३ (ख) को प्रदेशसभातर्फ सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका बागी हरिशंकर साहले सत्ता गठबन्धनका कारण आफूलाई निर्वाचनमा उठ्न वञ्चित गरेको आरोप लगाउँदै गठबन्धनको निर्देशन नमान्ने बताएका छन्।जनकपुरधाममा शुक्रबार पत्रकार सम्मेलन गरी उनले कांग्रेससँगको ४ दशकभन्दा लामो साइनो जोखिममा राखेर आफ्नो उम्मेदवारी कायमै राख्ने निर्णय गरेको बताए। उनले भने, ‘म अब ब्याक हुन्नँ, मेरो जित सुनिश्चित छ।’ उनले आफ्नो उम्मेदवारी अब