राष्ट्र बैंकले वित्तीय संस्थाहरूकाे ब्याजदर घटायो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकहरूको स्प्रेड दर घटाउने गरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको समीक्षामा वाणिज्य बैंकहरुको स्प्रेड दर ४ दशमलव प्रतिशतबाट ४ प्रतिशतमा र विकास बैंक तथा फाइनान्सहरुको स्प्रेड दर ५ प्रतिशतबाट ४ दशमल ६ प्रतिशतमा झारेको हो । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वृद्धि गरेको […]

सम्बन्धित सामग्री

एकल अंकमा ब्याजदर निर्धारण गर्न राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ब्याजदर एकल अंकमा ल्याउन मौखिक रूपमा सुझाव दिएको छ । राष्ट्र बैंकले मंगलवार एक परिपत्र जारी गर्दै कात्तिकका लागि निर्धारण गरिएको ब्याजदर संशोधन गर्न निर्देशन दिएको थियो । त्यतिले मात्रा नपुगेर राष्ट्र बैंकले भोलिपल्टै अर्थात् बुधवार बैंक तथा वित्तीय संस्थाहरूका प्रमुखहरूलाई फोन नै गरेर यस्तो सुझाव दिएको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई फोनमार्फत ब्याजदर एकल अंकमा ल्याउन सुझाव दिएको बताए । निर्देशनका रूपमा नभएर सुझावका रूपमा बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो सुझाव दिएको उनको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थाहरूलाई यो सुझाव पालना गर्न बाध्यकारी भने हुने छैन । उनीहरूले मंगलवारको निर्देशनअनुसार नै ब्याजदर निर्धारण गर्न सक्छन्,’ उनले भने, ‘ब्याजदरमा बढी विकृति आउन नदिन नियामक निकायको नाताले एकल अंकमा ब्याजदर राख्न सल्लाह दिएका हौं ।’ बैंकिङ बजारमा तरलताको अभाव भएपछि बैंकहरूले गत असोजदेखि ब्याजदर बढाउन थालेका थिए । त्यसबेला सनराइज बैंकले निक्षेपको ब्याजदर दोहोरो अंकमा पु¥याएको थियो । कात्तिकमा आएर सनराइजले ब्याजदर घटायो पनि अधिकांश बैंकको ब्याजदर दोहोरो अंकमा पुगेको छ । वाणिज्यतर्फ विभिन्न सात बैंकले दोहोरो अंकको निक्षेप ब्याजदर निर्धारण गरेका छन् । यसरी बैंकहरूले जथाभावी रूपमा ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले अघिल्लो महीनाको तुलनामा १० प्रतिशतसम्म मात्र ब्याजदर तलमाथि गर्न निर्देशन दिएको थियो । साथै, कात्तिकका लागि निर्धारण गरिएको ब्याजदर पनि बुधवार नै संशोधन गर्न निर्देशन दिइएको थियो । त्यस क्रममा राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभागका प्रमुख देवकुमार ढकालले बुधवार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई फोन गरेर ब्याजदर एकल अंकमा ल्याउन सल्लाह दिएका हुन् । राष्ट्र बैंकले वाणिज्य बैंकलाई ९ दशमलव ३ प्रतिशत, विकास बैंकललाई ९ दशमलव ५ प्रतिशत र फाइनान्स कम्पनीलालई ९ दशमलव ६ प्रतिशतको अधिकतम सीमामा रहेर ब्याजदर निर्धारण गर्न सल्लाह दिएको बताइएको छ । त्यसमा ९० प्रतिशतभन्दा बढी सीडी रेसियो रहेको वाणिज्य बैंकले ९ दशमलव ३६ प्रतिशतसम्म ब्याजदर निर्धारण गर्न सल्लाह दिइएको छ । यसैगरी समस्याग्रस्तबाट मुक्त भएका बैंकहरूलाई थप शून्य दशमलव १५ प्रतिशत विन्दु ब्याजदर थप्न पाउनेछन् । यसरी निर्धारण भएको अधिकतम ब्याजदरमा विप्रेषणमार्पmत आउने निक्षेपमा थप १ प्रतिशत विन्दु ब्याजदर थप्न कुनै अवरोध नहुने पनि बताइएको छ । सोहीअनुसार बैंकहरूले ब्याजदर निर्धारण गर्न पनि शुरू गरिसकेका छन् । कात्तिकका लागि अधिकतम ११ दशमलव शून्य ५ प्रतिशत ब्याजदर निर्धारण गरेको लक्ष्मी बैंकले त्यसलाई संशोधन गरे ९ दशमलव ३५ प्रतिशतमा झारेको छ । यस्तै, कुमारी बैंकले ९ दशमलव ८१ प्रतिशतबाट घटाएर ९ दशमलव ३६ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेको छ । नेपाल बंगलादेश बैंकले १० दशमलव २८ प्रतिशतबाट घटाएर ब्याजदर ९ दशमलव ३६ प्रतिशतमा सीमित राखेको छ ।