प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी सहभागी हुनेभएको छ । सो पार्टीको काठमाडौँमा भएको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टी अध्यक्ष सिके राउतले काठमाडौँमा भर्चुअल बैठक गरी सरकारमा सहभागी हुने निर्णय गरिएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए। […]

सम्बन्धित सामग्री

‘प्रधानमन्त्रीय प्रणाली बुझेका छौँ, प्रचण्डलाई सफल बनाउँछौँ’

काठमाडौं :  सात दल मिलेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको छ। नेकपा एमालेको नेतृत्वमा गत पुस १० गते बनेको सातदलीय गठबन्धनभित्र फरक–फरक विचार र फरक राजनीतिक सिद्धान्त बोकेका दलहरू छन्। नेकपा एमालेले नेतृत्व गरेको सातदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। सरकार गठनमा ‘किङ मेकर’का रूपमा चिनिएको एमाले विष्णु पौडेलको नेतृत्वमा सरकारमा