नेत्ररोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, ‘अवार्ड’ प्रदान

होटल सोल्टीमा कात्तिक २६ देखि २८ गते (नोभेम्बर १२–१४) सम्म सञ्चालन भएको तीनदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा १४ देशका ६० भन्दा बढी विदेशीसहित ४५० भन्दा बढी प्रतिनिधि र १५० भन्दा बढी वक्ताहरूको सहभागिता रहेको थियो। नेपालले पहिलो पटक एपीओटीएस कंग्रेसको आतिथ्य गरेको हो।