दाङ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू मतदातालाई भेटेर आश्वासन दिन व्यस्त छन्।जिल्लामा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्र छन्। दाङमा योपटक सत्तारुढ दलहरूको गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने भएको छ। निर्वाचनमा बहालवाला मन्त्री, पूर्वमन्त्री, पूर्व मुख्यमन्त्रीदेखि विगतमा एउटै दलमा रहेका सहकर्मीबीच प्रतिस्पर्धा हुन लागेको छ। यस्तै अर्को रोचक ३ निर्व