निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्न सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पुनः सर्वोच्च अदालत जान बारा पर्साका संघीय सांसदहरुले सुझाव दिएका छन् । जेठ १३ गते निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्न सर्वोच्च अदालतले फैसला गरेको थियो । सर्वोच्चको पूर्ण इजलाशको फैसला आएलगत्तै यता, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भने कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । यी दुवै अवस्थाहरूको बीचबाट विमानस्थल निमार्