रामसीताको मूर्ति देवघाट ल्याइयो, भोलि माडी लगिने (हेर्नुस् आठ तस्बीरमा)

चितवन : माडी नगरपालिका वडा नं ९ कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाम क्षेत्रमा राम मन्दिर स्थापनाका लागि काठमाडौँबाट राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति आज साँझ तनहुँको देवघाट ल्याएर राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बनाएर राखिएका मूर्तिहरू काठमाडौँमा विशेष पुजाअर्चना गरेर देवघाट ल्याएको हो।मूर्तिहरूलाई प्रधानमन्त्री ओलीले आज विहान ९ बजे विदाई गरेका हुन्। मूर्तिहरूलाई भोलि माडी लगिनेछ। गाडीहरूको लावालस्करसहित आएको सीताराम शोभा रथयात्रालाई भरतपुर महानगरपालिका–२९ दासढ

सम्बन्धित सामग्री

देवघाटमा शिवको मूर्ति निर्माण गरिने

पवित्र धार्मिकस्थल देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शिवको मूर्ति निर्माण गरिने भएको छ । भरतपुर नगरपालिका–१ स्थित रोटरी करुणालय आडैमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मूर्ति निर्माण गर्न लागेको हो ।देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार देवघाट क्षेत्र विकास समितिले मूर्तिका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको ठाउँमा प्रतिष्ठानलाई मूर्ति निर्माण गर्न भनिएको हो । प्रदेश सरकारले निर्माण गरेको देवघाट धामको विस्तृत अध्ययन प्रतिवेदनमा ३० फिट अग्लो अष्

कोभिड–१९ को ऐनामा नेपाली शासकको कुरुप तस्वीर

८ वैशाख, काठमाडौं । कोभिड-१९ महामारीको दोस्रो लहर शुरु भएको भनेर सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरेको भोलिपल्ट (मंगलबार) बालुवाटारमा भव्य पूजाआजा भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदिक अनुष्ठानसहित पूजा गरेर राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवनको देवघाट पठाए । चितवनको यात्रा शुरु हुनुअघि बालुवाटारमा जम्मा भएको ‘असंवेदनशील भीड’ले एक दिनअघि मन्त्रिपरिषदले गरेको निर्णयलाई […]

जनकपुरको माटो र पानीमा अयोध्यापुरीमा रामसीताको मूर्ति राखियो

चितवन। अयोध्यापुरीमा रामसीताको मूर्ति प्रतिस्थापन गरिएको छ। रामनवमीको अवसरमा आज देवघाटबाट रथयात्रासहित अयोध्यापुरी लगेर मुर्ति प्रतिस्थापन गरिएको हो। मंगलबार प्रधानमन्त्री ओलीले विधिपूर्वक पूजा गरी मुर्तिलाई रथयात्रासहित चितवनको देवघाट लगिएको थियो। पूजाका लागि जनकपुरको रामजानकी मन्दिरबाट माटो र पानी ल्याईएको छ। प्रदेश २ का प्रदेशप्रमुख राजेश अहिराजले भने, "मुर्ति प्रतिस्थापन गर्न जनकपुरको माटो र पानीको प्रयोगले आत्मिय सम्वन्ध बढाएको छ।"

परशुराम कुण्डको जलले जलाभिषेक गरी राम-सीताका मूर्ति अयोध्याधाममा स्थापना गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी ल्याइएका मूर्तिसहितको शोभायात्रालाई देवघाटमा स्वागत गरिएको छ । देवघाट क्षेत्र विकास समितिले यहाँ स्वागत गरेको हो

रामसीताको रथयात्रालाई देवघाटमा स्वागत, माडीमा स्थापना गरिने

प्रधानमन्त्री निवास बालुवाटारबाट मंगलबार बिहान हिडेको रामसीतासहितको मुर्ती चितवनको देवघाटमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम–सीताका मूर्ति हस्तान्तरण गरी विहान हिडेको रथयात्रा साँझ चितवन र तनहुको संगम देवघाटमा आएको हो । गाडीलाई रथ आकार निर्माण गरिएको मुर्ती लिएर आएको साधानलाई संस्कृति मन्त्री भानुभक्त ढकालले स्वागत गर्नु भएको छ ।मंगलबार साँझ र वुधाबार विहान विशेष पुजा गरेर वुधबार माडीको अयोध्यापुरीमा राखिने कार्यक्रम रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले जानकारी दिनु भयो । पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकालको उपस्थितिमा नै काटमाण्डौबाट आएको रथलाई स्वागत गर्नु भएको थियो । दर्जनौ गाडी सहित बाजागाजा भएर आएको टोली मंगलबार देवघाट बस्नेछन् ।वुधबार विहान विशेष पुजा गरेर माडी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । मंगलबार विहान प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्त लगायतको उपस्थिति रहेको छ ।

रामसीताको मुर्ति भोलि ठोरीमा स्थापना गरिने

काठमाडौं। चितवनको ठोरीस्थित अयोध्यापुरीमा भोलि रामनवमीको अवसरमा रामसीताको मूर्ति प्रतिस्थापन गरिने भएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रुपमा पुजाआजा गरेर पठाएको मूर्ति चितवनको देवघाट लगिएको छ। भोलि बिहान त्यहाँबाट विधिपूर्वक पुजा गरि ठोरी लगिने संस्कृति, पर्यटन तथा नागरीक उड्यान मन्त्री भानुभक्त ढकालले बताए। उनले भने, ‘भोलि देवघाटबाट बिहान विधिपूर्वक पुजा गरि मूर्ति ठोरी लगि प्रतिस्थापन गरिन्छ।’