एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले नयाँ पुस्तालाई अधीर नबन्न आग्रह गरेका छन् । गृहजिल्ला काभ्रेको पनौती नगरपालिकालाई आज बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा विशेष समारोहमा सम्बोधन गर्दै उनले अधैर्यले सम्पूर्ण क्षेत्र तहसनहस हुने बताए ।
सांसद बाँस्कोटाले अधैर्यले व्यक्तिगत जीवनसँगै राजनीतिमा समेत नकारात्मक असर पर्ने भएकाले बालबालिकालाई राजनीतिक चेतना राख्न आग्रह गर्दै धैर्यले मात्रै जीवन सफल बन्नेमा जोड दिए ।
उनले लामो जीवन किशोरकिशोरीको रहेकाले अबको विकास र सुरक्षा उनीहरुलाई चाहिएको बताए । उनले अघिल्लो सर...