काभ्रे : काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा विजयी भएका छन्। बाँस्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ९ सय १७ मतान्तरले पछि पार्दै विजय भएका हुन्।बाँस्कोटाको पक्षमा ४५ हजार ३४५ मत आउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हुमागाईंको पक्षमा ३९ हजार ४२८ मत परेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत प्राप्त गरेका छन्। यो जित बाँस्कोटाको संसदको यात्रा दोस्रो इनिङ हो। सोही क्षेत्र