अब हार्यर पर्चेज कम्पनीले ऋणीबाट वार्षिक २ प्रतिशतभन्दा बढी पेनाल ब्याज लिन नपाउने भएका छन् । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिन कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था ०७० (चौथो संशोधन)’ मार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि हार्यर पर्चेज कम्पनीले असुली गर्ने पेनाल ब्याजको हकमा सीमा थिएन ।