पार्टीभित्र वैचारिक, सैद्धान्तिक तथा नीतिगत मतान्तर नभए पनि व्यक्तिगत स्वार्थ र आफ्नो पकड जमाउन अर्थात् निहित स्वार्थ पूरा गर्न नेता र कार्यकर्ताहरूले समूहगत गतिविधि गर्न गुट तथा उपगुटको विकास गर्छन् । त्यसले पार्टीको एकतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खलल पु¥याउने काम गर्छ । गुट, उपगुट पार्टीमा खुला हुँदा गुटगत पकड बलियो बनाउन विभिन्न सामाजिक सङ्घ संस्थाको नाममा केन्द्रदेखि तलसम्म नै गुटगत गतिविधि सञ्चालन गर्ने अत्यन्त अस्वस्थकर काम हुने गर्छ । त्यसैले पार्टीमा गुटगत क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई निगारानी राखेर संस्थागत निर्णण गरी खारेज गर्नुपर्छ । गुटगत परिपाटीको अन्त्य गर्न पार्टीका कार्यदिशा, नीति र सिद्धान्तका आधारमा सबै पार्टी सदस्यहरूलाई क्रियाशील बनाई पार्टीको लक्ष्य तथा कार्यक्रममा केन्द्रित गरेर पार्टीगत भावनाको विकास गराउनुपर्छ । गुट तथा उपगुटहरू देश, जनता र पार्टीको हितभन्दा गुटगत र व्यक्तिगत स्वार्थमा नै लिप्त हुने भएकोले पार्टीभित्र गुट र उपगुटलाई निस्तेज बनाउने रणनीति पार्टी नेतृत्वले लिनुपर्छ ।