नेपालगन्ज उपमहानगरको कृषि शाखाका अनुसार माटोको वास्तविक अवस्था नबुझेर जथाभाबी र अन्धाधुन्ध हिसाबले रासायनिक मलको प्रयोगका कारण माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेकाे बेला त्यसको नियन्त्रणका लागि माटो परीक्षण सुरु गरिएको हो ।
देउखुरी : दाङमा चालू आर्थिक वर्षको हालसम्म १५२ ठाउँको माटो परीक्षण गर्दा अम्लीयपन भएको ३३, क्षारीयपन भएको ४३ र तटस्थ अवस्थामा ७६ वटा भेटिएको छ।परीक्षण गरिएको माटोमा नाइट्रोजनको मात्रा कम भएका ४२, मध्यम अवस्थामा रहेका ५९ र अधिक भएका ५१ वटा भेटिएको घोराहीस्थित कृषि ज्ञानकेन्द्रले जनाएको छ।‘सामान्यतया माटोमा पिएचको मात्रा ६.५-७.५ सम्म उपयुक्त मानिन्छ। उल्लिखित मात्राभन्दा तल भए अम्लीयपन देखिन्छ भने बढी भए क्षारीयपन देखिन्छ’, केन्द्रका कृषि अधिकृत देवा महराले भनिन्, ‘युरिया मल
सल्यान : सल्यानको शारदा नगरपालिकामा निःशुल्क माटो परीक्षण गरिएको छ। एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेतको प्राविधिक सहयोग र शारदा नपा कृषि विकास शाखाको आयोजनामा परीक्षण शिविर सञ्चालन गरिएको हो।माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लीय र क्षारीयपन पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि विकास शाखाले जनाएको छ। धानबाली प्रवर्धन कार्यक्रमअन्तर्गत पालिकाको १५ वटै वडाबाट माटो संकलन गरी परीक्षण गरेको कृषि विकास शाखाकी श्वेता राईले जानकारी दिइन्।उनका अनुसार १५ वटै वडाबाट संकलित २०८ माटोको
सिन्धुली । कमलामाई नगरपालिका–७ बर्देउटारमा निःशुल्क माटो परीक्षण गरिएको छ । कृषि विशेषज्ञसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरको आयोजनामा माटो परीक्षण गर्दा किसान खुशी भएका छन् । माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा रहेको अम्लीय र क्षारीयपना पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका प्राध्यापक डा. कृष्णविलास अधिकारीले जानकारी दिए । खेतमा किसान, विद्यार्थी र कृषि विशेषज्ञसहितको टोलीले सो कार्य गरेको हो । शिविरमार्फत तरकारी र अन्नबालीका लागि माटो उपयुक्त छ/छैन भनी परीक्षण र किसानलाई परामर्श दिइएको थियो । किसानलाई कम्पोष्ट, युरियामल, पोटास, कृषि चुन कसरी प्रयोग गर्ने भनेर जानकारी गराइएको थियो । खाद्यान्न उत्पादन वृद्धि गर्ने लक्ष्यसहित बागमती प्रदेशका तीन जिल्लामा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो ।
माटो परीक्षण गर्दा नाइट्रोजन कम, फस्फोरस मध्यम र पोटास उच्च पाइएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका माटोविज्ञ कृष्ण अर्यालले बताए । किसानले युरिया मलमात्र प्रयोग गर्दा माटोमा अम्लीयपना बढी हुने र खाद्यतत्त्व उत्पादनमा कमी हुँदै जाने उनको भनाइ थियो ।
बर्देउटार, डाँडाटोल, खैरेनी र माझीटारमा रहेका खेतीयोग्य जमीन मकै र धान बालीका लागि उपयुक्त रहेको उनले बताए । किसानलाई जग्गाको क्षेत्रफलअनुसार युरिया, डीएपी र पोटास मल प्रयोग गर्न सल्लाह दिइएको थियो । बर्देउटारका कृष्णबहादुर कार्कीले पहिलो पटक माटो परीक्षण गराएको बताए । माटो परीक्षण गर्न प्रतिकिसान रू. ५०० लाग्ने र निःशुल्क माटो परीक्षणसँगै कृषि विज्ञसमक्ष आफ्ना समस्या राख्न पाउँदा खुशी लागेको उनको भनाइ छ । रासस
खोटाङ– खोटाङमा डिजिटल स्वाइल ल्यावबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरिएको छ । हालसम्म किट बक्सबाट माटो परीक्षण गर्दैआएको कृषि ज्ञान केन्द्रले नवौं विश्व माटो दिवसको अवसरमा गत १७ मंसिरदेखि डिजिटल स्वाइल ल्यावबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरेको हो । किट बक्स विधिबाट रंगको आधारमा माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास र पिएचको मात्रा मात्र जाँच गर्ने […]
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ । नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । यससँगै माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटेको छ ।
माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिन र उर्वराशक्ति जोगाइराख्न प्रयोगशालाले महत्त्वपूर्ण टेवा पुग्नेछ । ‘पछिल्लो समय माटोमा विभिन्न किसिमका रासायनिक मल तथा विषादीको प्रयोग गर्ने क्रम बढेको छ,’ उनले भने, ‘जथाभावी रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटो बिग्रिए। उत्पादन घट्दै छ । माटोको उपचार तथा संरक्षणका लागि आधुनिक प्रविधिको प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याएका हौं ।’
नगरपालिकाले प्रयोगशालामा प्रयोग हुने औजार, उपकरण तथा रसायन खरिद गरेर ल्याएको छ । सोमवारदेखि सञ्चालनमा आएको प्रयोगशालामा किसानले ल्याएको माटोको नमूना निःशुल्क परीक्षण गरिदिने व्यवस्था मिलाइएको छ ।
डिजिटल माटो परीक्षण मिनिल्याब सञ्चालनमा आएसँगै माटोमा रहेको पीएच, ईसी, प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, सल्फर, जिंक, आइरनलगायत १४ प्रकारका खाद्य तत्त्वको जाँच गरिने कृषि विकास शाखा प्रमुख सुभासचन्द्र अर्यालले बताए । रासस
विराटनगर । उत्पादन वृद्धि गर्न र लागत कम गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङको माटो परीक्षण शिविर सञ्चालन गरेको छ । किसानले दिनप्रतिदिन आवश्यकताभन्दा बढी रासायनिक मलको प्रयोग गर्न थालेपछि माटो उर्वराशक्ति कम भई माटोमा अम्लीयपन बढी देखिन थालेपछि सो शिविर सञ्चालनमा ल्याएको हो । प्रदेशभर सुनसरीको झुम्का र मोरङको उर्लाबारीमा रहेका माटो परीक्षण ल्याबलाई परियोजनाले किसानको घरदैलोमा लगेर सेवा शुरू गरेको छ । माटो परीक्षण ल्याबबाट भइसकेपछि माटो चाहिने कृषि चुन, नाइट्रोजन, फस्फोरस, म्याग्नेसियम र सल्फरजस्ता तत्त्व मिसिसको मल प्रयोग गर्न किसानलाई जानकारी दिने र यसबाट किसानको खेत सन्तुलनमा आई उत्पादन बढ्ने र लागत घट्ने परियोजनाका प्रमुख विनोदकुमार मण्डलले जानकारी दिए ।
मोरङको जहदा गाउँपालिका सञ्चालित तरकारी जोनमा आबद्ध किसानलाई लक्षित गरी आज सञ्चालन गरेको माटो परीक्षण शिविरमा सुनसरी झुम्काबाट प्राविधिक सहित ल्याब पुगेको थियो भने त्यहाँ ६० जना किसानको माटो परीक्षण गरेको थियो । ‘यो ल्याबको विषयमा हामीले धेरै पहिलेदेखि आवाज उठाएको भए पनि अहिले हाम्रो घरदैलोमा शिविर आएको छ,’ तरकारी जोन समितिका संयोजक शिवनाथ सिंहले भने । अर्का किसान देवानन्द साहले तरकारीका लागि प्रमुख क्षेत्र मानिएको जहदामा किसानको तरकारी संकलन केन्द्र स्थापना हुनुपर्ने र किसानलाई समयमै मलखादको व्यवस्था हुनुपर्ने माग गरे ।
जहदा गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन घिमिरेले यस क्षेत्रका किसानको प्रमुख बाली तरकारी रहेको बताए । किसानको तरकारीलाई बजारसम्म लैजाने व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । यस क्षेत्रमा किसानको सहभागितामा शीतगृह निर्माण हुनुपर्ने भन्दै उनले गाउँपालिकाले किसानका लागि पर्याप्त कार्यक्रम ल्याउन नसक्नुमा स्थानीय जनप्रतिनिधि दोषी रहेको बताए । तरकारी जोनमा अहिले २८ जना कृषक सहभागी रहेको र प्रत्येक किसानले कम्तीमा तीन बिघा र बढीमा पाँच बिघा जग्गामा तरकारी खेती गर्ने गरेको बताइएको छ । रासस
मल तथा माटो परीक्षण प्रयोगशालाका अनुसार तराईका जिल्लाहरूमा मोटोमा क्षारीय र पहाडको माटोमा अम्लीयपना बढ्दै गएको छ । जसका कारण माटोको उर्वराशक्ति घट्दै गएको छ