प्रदेश १ लोकसेवाले माग्यो ठूलो संख्यामा प्राविधिक कर्मचारी

काठमाडौं : प्रदेश लोक सेवा आयोग विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै  प्राविधिक पदका लागि ३१५ जना कर्मचारीको माग गरेको हो। स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ।योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन्। अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ। 

सम्बन्धित सामग्री

प्रदेश–१ मा ६०७ स्वास्थ्यकर्मीको माग

काठमाडौँ – प्रदेश–१ लोक सेवा आयोगले ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ। स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न समूहका सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका लागि ६०७ पदको आवेदन आह्वान गरिएको हो। आयोगका अनुसार स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट गरी ६०७ जना रहेका छन्।

एनआईसी एसिया बैंकले क्यूआर भुक्तानी सेवा विस्तार गर्ने

एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रवद्र्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको झुम्काबाट ठूलो संख्यामा क्यूआर कोड वितरण गर्न थालेको छ ।बैंकले उक्त ठाउँका १५० वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा सुरुवाती चरणमा वितरण गरेको हो ।बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले यस क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्रभित्र रहेका […]

प्रदेश १ का मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउने प्रयास

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कालो झण्डा देखाउने प्रयास भएको छ।एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले  मुख्यमन्त्री  राईलाई काठमाडौंदेखि विराटनगर आउने क्रममा कालो झण्डा देखाउने प्रयास गरेका हुन्।ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरूलाई कालो झण्डा देखाउन रोकेका थिए। तर, मुख्यमन्त्री  राईको गाडी क्रस गरिसकेपछि विद्यार्थीहरूले कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए।प्रदेश १ मा मन्त्रीहरू थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको व

उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

विराटनगर : प्रदेश १ मा बाढीपहिरोमा प्रभावितको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धारमा नेपाल  प्रहरी तथा सशस्त्र प्रहरीका जनशक्ति परिचालित भएका हुन्।बाढीपहिरोमा बेपत्ता भएकोको खोजी, मृतकको संख्या यकिन गर्नेदेखि लिएर अवरुद्ध सडक सञ्चालन तथा सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको हो। नेपाल प्रहरीले ५ हजार ९५ जना र सशस्त्र प्रहरीले २ हजारभन्दा बढीलाई बाढी एवं पह

जाम गरेको भन्दै ६२ वटा सिटी सफारी नियन्त्रणमा

प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा ठूलो संख्यामा सिटी सफारीले दैनिक मुख्य तथा भित्री सडक जाम गर्नुका साथै दुर्घटना बढ्न थालेपछि चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।...

होलीमा मजवुत बनाइयो प्रदेश १ को सुरक्षा व्यवस्था

विराटनगर / हिन्दू धर्मावलम्बीले धुमधामसाथ मनाउने रंगहरुको पर्व होलीलाई मध्यनजर गर्दै आज (आइतबार) बिहानैबाट प्रदेश १ को सुरक्षा व्यवस्था मजवुत बनाएर लगिएको छ । ठाउँठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई सुरक्षा नियन्त्रण एवं निगरानीमा राखिएको छ । नेपालमा आज पहाडी र भोलि तराई क्षेत्रमा धुमधामसाथ होली मनाइँदै छ । रंगहरुको पर्व होलीलाई लक्षित गरेर... The post होलीमा मजवुत बनाइयो प्रदेश १ को सुरक्षा व्यवस्था appeared first on Purbeli News.

प्रदेश १ संसदको हिउँदे अधिवेशन : सभामुखको मध्यमार्गी अडानले टर्‍यो ‘मुठभेड’

प्रदेश सभाको बैठक कक्षमा मात्रै होइन, परिसरमै पनि ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीको तैनाथीले संसदमा मुठभेड हुने अड्कल धेरैको थियो।

प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक आज

बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन्। मर्यादापालक आआफ्नो स्थानमा एकै लहरमा उभिएका छन्। बाहिर र भित्र पनि उनीहरूको