जाम गरेको भन्दै ६२ वटा सिटी सफारी नियन्त्रणमा

प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा ठूलो संख्यामा सिटी सफारीले दैनिक मुख्य तथा भित्री सडक जाम गर्नुका साथै दुर्घटना बढ्न थालेपछि चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

अन्यत्र दर्ता भएका ‘सिटी सफारी’लाई महानगर प्रवेशमा रोक

विराटनगर (अस) । महानगरभित्र सवारीको चाप कम गराउन विराटनगर महानगरपालिकाले महानगरमा दर्ता भएका बाहेकका सिटी सफारी (अटो रिक्सा) प्रवेशमा रोक लगाएको छ । तर छिमेकी गाउँपालिकाका सिटी सफारी चालकले भने प्रवेश पाउनुपर्ने माग गरेका छन् । महानगरपालिकाले सवारी जाम बढेको भन्दै त्यसको न्यूनीकरणका लागि छिमेकी पालिकाबाट यात्रु बोकेर विराटनगर आउने सिटी सफारीलाई सोमवारदेखि प्रतिबन्ध लगाएको हो । महानगरपालिकाले यातायात व्यवस्था कार्यालयको इजाजतपत्र र स्थायी बसोवासको आधार मानेर रूट पर्मिट तय गर्ने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले पहिले महानगर पालिकाभित्रका सिटी सफारीलाई दर्ता गर्ने प्रक्रिया शुरू गरिएको र यो सकिएपछि जारी सूचना अनुसार नै अन्य गाउँपालिकामा दर्ता भएर आउने सिटी सफारीलाई प्रवेश गर्न रोकिने बताए । विराटनगर महानगरपालिकामा मात्रै ४ हजार ४०० सिटी सफारी रहेको अनुमान छ । यसैबीच, महानगरपालिकाको यस्तो निर्णयका विरुद्ध मोरङका कटहरी र जहदाका सिटी सफारी चालक आन्दोलित भएका छन् । उनीहरूले आइतवार विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर महानगरपालिकाले उक्त निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् । सिटी सफारी चालक संघका अध्यक्ष एवं कटहरी–जहदा सिटी सफारी चालक संयुक्त संघर्ष समितिका संयोजक अध्यक्ष काशीराम राजवंशीले यो निर्णय फिर्ता हुनुपर्ने बताए । महानगरपालिकामा प्रवेश गर्ने सिटी सफारीलाई निषेध गर्ने निर्णयले रोजगारी खोसिएको उनीहरूको गुनासो छ । यसअघिसम्म विराटनगर महानगरपालिकाभित्र प्रवेश गर्ने सिटी सफारीले दैनिक १० रुपैयाँ सवारी कर बुझाउँदै आएका थिए । महानगरपालिकाले हाटखोला, बरगाछी र केशलियामा ढाट राखेर छिमेकी पालिकाबाट प्रवेश गर्ने सिटी सफारीका चालकसँग १० रुपैयाँ कर असुल्दै आएको संघर्ष समितिका सह–संयोजक दीपक मण्डल राजवंशीले बताए ।