हत्या अभियोगमा दोषी प्रमाणित भएका मधेश प्रदेशका सांसद यादवलाई अदालतमा बुझाइयो

माओवादी नेता गोविन्द चौधरीको हत्या अभियोगमा सांसद अनिरुद्ध सिंह यादवलाई जिल्ला, उच्च र सर्वोच्च अदालतले दोषी ठहर गरिसकेको छ ।

सम्बन्धित सामग्री

लोसपाका सांसद अभिराम शर्मा निलम्बित - NepaliPatra

काठमाडौँ । लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मालाई निलम्बनमा परेका छन् । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शर्मालाई निलम्बन गरेका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । ‘महोत्तरी […]

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

२१  वैशाख, जनकपुरधाम । मधेश प्रदेशका सभामुख  रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा …

असइ थमन विक हत्या प्रकरण : फरार सांसद शर्माको सेवा–सुविधा रोक्का

सशस्त्र प्रहरी बलका असइ थमन विकको हत्या मुद्दामा जन्मकैद सजाय पाएका लोसपाको मधेश प्रदेश सभा संसदीय दलका नेता अभिराम शर्माको सेवा–सुविधा रोक्का भएको छ । माघदेखि सांसद शर्माको सेवा–सुविधा रोक्का गरिएको...

जन्मकैदको सजाय पाएका मधेश प्रदेशका सांसद शर्माको सेवा सुविधा रोक्का

काठमाडौं,२४ माघ । मधेश प्रदेशका सांसद अभिराम शर्माले प्रदेश सभाबाट पाउँदै आएको सबै सेवा सुविधा रोक्का भएको छ । २०७२ को मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा शर्मासहितलाई जन्मकैदको सजाय सुनाएको थियो । सांसद शर्मा लोसपाका मधेश प्रदेश सभाका संसदीय दलका नेता हुन् । उनले प्रदेश […]

सरकारलाई दिएको समर्थन फिर्ता लिन लोसपा महासचिव महासेठको माग

काठमाडौं,२९ मंसिर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव अनिलकुमार महासेठले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएका छन् । २०७२ भदौं २५ गते मधेश आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा परेर ज्यान गुमाएका सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोगमा जिल्ला अदालतबाट मधेश प्रदेश सभाका सांसद तथा प्रदेश दलका नेता अभिराम शर्मासहितका नेताहरुलाई […]

एमाले सांसद कोइरीले पाए सफाइ, लोसपा नेता अभिरामलाई जन्मकैदको फैसला

काठमाडौं – सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला भएको छ । सोही मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । आज महोत्तरी जिल्ला अदालतले कोइरीलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो । महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले […]

मधेश प्रदेश : हत्या अभियुक्त सांसद यादवलाई अदालत लग्ने तयारी

जनकपुरधाम । हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको छ । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमवार राजविराज नगरपालिका ७ बाट पक्राउ पक्राउ गरेको थियो । उनलाई हिजै अदालत लगियो । तर अदालतमा समय अभावका कारण उनलाई प्रहरीले हिरासतमा राखेको छ । […]

१६ वर्ष अघिकाे हत्या प्रकरणमा मधेश-प्रदेशका सांसद सिंह पक्राउ

काठमाडौँ : कर्तव्य ज्यान मुद्दामा मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पक्राउ उनलाई आज दिउँसो २ः५५ बजे राजविराज नगरपालिका ७ बाट नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रविण पोखरेलले थाहा खबरलाई जानकारी दिए। विसं २०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।यादव सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश सांसद यादवलाई पक्राउ गरी आजै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ। एसएसपी श्रेष्ठका अनुसार रित