कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिकाे बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज (बुधबार) बस्दै छ । पार्टी कार्यालय सानेपामा अपरान्ह २ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र र चुनावी तालमेल गर्दा अपनाउने रणनीतिका विषयमा पनि छलफल हुने बुझिएको छ । चुनावमा टिकट वितरण गर्ने संसदीय बोर्ड समेत गठन नभएकाले त्यसमाथि पनि छलफल हुने जनाइएको छ । […]

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक आज

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै छ। बिहीवार दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यस्तै सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले यसबारे पनि छलफल हुने पौडेलले बताए।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्तो छ मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्  । बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई बोलाइएको छ । बैठकमा केन्द्रीय कार्य सम्पादन समिति गठनबारे छलफल हुने छ । कार्यसम्पादन समिति गठन हुँदै  केही दिनअघि पार्टीको...