काठमाडौं : नेपाली कांग्रेस चितवनको सभापति पदका लागि दोस्रो चरणमा मतदान हुने भएको छ। शुक्रवार भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो।पाँच जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले धेरै मत ल्याएका थिए। शेखर कोइराला निकटका खनालले ७४६ र शेरबहादुर देउवा निकटका श्रेष्ठले ६६२ मत ल्याएका थिए। खनाल र श्रेष्ठबीच शनिवार दिउँसो साढे १२ बजेपछि पुनः मतदान हुने जिल्ला निर्वाचन समितिले जनाएको छ।यसैबीच नेपाली कांग्र