इन्टरनेट प्रयोगकर्ताको रोजाइम मोबाइल ब्रोडब्यान्ड

नेपालमा कुल इन्टरनेट प्रयोगकर्तामध्ये ९७ प्रतिशतले मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्ने गरेका छन् । दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस’ प्रतिवेदनअनुसार कुल जनसंख्याको १२६.७२ प्रतिशतले ब्रोडब्यान्ड इन्टरनेट लिएकोमा मोबाइल ब्रोडब्यान्ड सेवा लिने ९७ प्रतिशत रहेका छन् ।पछिल्लो समय मोबाइलको प्रयोगमा वृद्धि, तुलनात्मक रुपमा सहज र दूरसञ्चार कम्पनीहरुले मोबाइल ब्रोडब्यान्ड सेवामा ल्याएका विविध बजारीकरण प्याकेजहरुले डेटा प्रयोगकर्तामा […]

सम्बन्धित सामग्री

२ करोड ७७ लाख नाघे ‘ब्रोडब्यान्ड’ इन्टरनेट प्रयोगकर्ता

काठमाडौं । तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६ हजारले तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन् । यसमध्ये एक करोड ९८ लाख ५३ हजार मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता छन् । हालसम्म टेलिफोन सेवाको घनत्व १३ दशमलव ७५ र ब्रोडब्यान्ड सेवाको घनत्व ९१ दशमलव ५५ प्रतिशत पुगेको बताइएको छ ।      प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन (ब्रोडब्यान्ड कनेक्टिभिटी)को हालसम्म ६७९ स्थानीय तह, पाँच हजार ५५४ वडा कार्यालय, पाँच हजार ३२ विद्यालय र चार हजार २७ स्वास्थ्य चौकी गरी १५ हजार ३९३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । उनका अनुसार सबै स्थानीय तह, वडा कार्यालय, विद्यालय र स्वास्थ्यचौकीसम्म इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यअनुसार ९६ दशमलव ३१ काम सम्पन्न भइसकेको छ ।      प्राकृतिक राष्ट्रिय सम्पत्तिका रूपमा रहेको फ्रिक्वेन्सीलाई पहिलोपटक आर्थिक वर्ष २०७६/७७ मा प्रतिस्पर्धाबाट एक हजार ८०० मेगाहर्ज ब्याडको फ्रिक्वेन्सी प्रदान गरिएको र त्यसको शुरूको मूल्यप्रति मेगाहर्ज तीन करोड भए पनि बोलकबोलबाट पाँच करोड ८० लाख प्रतिमेगाहर्ज पुर्‍याई राज्यको राजस्वमा ६३ प्रतिशतले वृद्धि भएको अध्यक्ष खनालको भनाइ छ । दूरसञ्चार पूर्वाधार सहप्रयोग र सोको शुल्क निर्धारणसम्बन्धी विनियमावली, २०७८, लागू गर्नुका साथै सूचना प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी निर्देशिका, २०७५ अनुसार हालसम्म एक हजार ओटा सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना भई सञ्चालनमा आएको छ ।      प्राधिकरणले नेपाललाई प्राप्त अप्टिकल स्टलको उपयोग गरी आफ्नो भू–उपग्रहको विकास गर्न तथा दूरसञ्चार प्रविधि, रेडियो र टेलिभिजनको क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्न भू–उपग्रह प्रक्षेपण गर्न भूउपग्रह नीतिसमेत तयार गरेको छ । सेवा प्रदायकलाई फ्रिक्वेन्सी प्रदान गर्दा फोरजी सेवालाई कभरेज र क्वालिटीका शर्त राखी २०२२ सम्ममा राज्यभर सेवा विस्तार गर्ने गरी शहरी क्षेत्रमा न्यूनतम २० एमबिपिएस र ग्रामीण क्षेत्रमा १० एमबिपिएस डाउनलोड स्पिड हुनुपर्ने शर्तमा फ्रिक्वेन्सी उपलब्ध गराएको अध्यक्ष खनालले जानकारी दिए । प्राधिकरणले हराएका तथा चोरी भएका मोबाइल सेटहरूको ट्र्याकिङ गर्न अनलाइन ट्र्याकिङ सिस्टम पनि प्रयोगमा ल्याएको छ । प्राधिकरणले लोकेसन ट्र्याकिङ सेवा खुला गर्न दूरसञ्चार नियमावली, २०५४ को अनुसूचीमा थप गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसमक्ष सिफारिस गरेको छ । चालू आर्थिक वर्षभित्र राज्यका सम्पूर्ण सामुदायिक क्याम्पस तथा सामुदायिक आधारभूत विद्यालय, नगरपालिका, गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था आदिमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने प्राधिकरणको उद्देश्य छ । रासस