कोरोना रोकथामका लागि मन्त्रिपरिषदबाट मन्त्रीहरुलाई जिम्मेवारी थप : कसले कुन क्षेत्रमा समन्वय गर्ने?

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम , नियन्त्रण उच्चस्तरीय समितिमा नरहेका मन्त्रीहरुको जिम्मेवारी बढाएको छ। आज बसेको मन्त्रि परिषद् बैठकले मन्त्रीहरुलाई विभिन्न जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। बैठकले  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई कोरोनाले महिला, बालबालिका र जेष्ठ नागरिकमा पारेको र

सम्बन्धित सामग्री

समय नपुग्दै जन्मिएको शिशु मृत फेला

महोत्तरी : जिल्लामा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ। सोनमा गाउँपालिका ३ मरहा खोलामा करिब ६ महिनाको नवजात शिशु मृत फेला परेको महोत्तरीको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।उनका अनुसार नवजात शिशु कसले फालेको खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।

मेलम्चीको नयाँ संरचना थप गर्न अन्योलता

मेलम्ची खानेपानी आयोजना वर्षैभरि सञ्चालनमा ल्याउने गरी थप संरचना बनाउने विषयमा अन्योल भएको छ । २४ वर्ष पुरानो मेलम्ची खानेपानी विकास समिति खारेजी गरिएको र मेलम्चीको बाँकी काम कसले गर्ने भन्ने बिषय टुंगो लाग्न नसक्दा मेलम्चीको थप नयाँ संरचना बनाउन अन्योल भएको हो । मनसुनजन्य विपत्तीको घटनाबाट आयोजनालाई बचाउन हिँउदमा बन्द गर्नुपर्ने र वर्षाको समयमा […]

युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्ने पुटिनको घोषणा

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन् । “छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ । हो, हामी गर्छौं । तर कसले […]

तीन रोगका बिरामीलाई मासिक ५,००० भत्ता : कसले पाउँछ, कसले पाउँदैन ?

सरकारले क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाको बिरामीलाई मासिक ५,००० औषधि खर्च उपलब्ध गराउने गरी मन्त्रीस्तरीय कार्यविधि तयार भएको अधिकारीहरूले बताएका छन्।'बिरामीहरूको औषधि उपचार लामो समयसँग गर्नु पर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधि उपचार बापत खर्च उपलब्ध गराउने' स्वास्थ्य मन्त्रालयले जनाएको छ।स्वास्थ्य र अर्थ मन्त्रालयबीच सहमतिपछि हाल लाभग्राहीको सङ्ख्या र आवश्यक रकमबारे अध्ययन भइरहेको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले जानकारी दिए।'वार्षिक दुई अर्ब रुपैयाँ खर्च हुने आकलन गरिएको छ,' उनले भने।कतिपय सरोकारवालाले यसले बिरामीलाई राहत हुने बताए पनि मेरुदण्ड पक्षाघातका बिरामीका सरोकारवालाले भने कार्यविधिमा गम्भीर त्रुटि भएको बताएका छन्।कसले पाउँछन् औषधोपचार भत्ता?क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाका बिरामीलाई मासिक भत्ता दिइने भनिएको छ। तर त्यस्ता सबैले उक्त भत्ता पाउने छैनन्।मिर्गौला बिरामीहरूको हकमा मिर्गौला प्रत्यारोपण गराएका वा नियमित डायलिसिस गराइरहेकाहरूलाई मात्र भत्ता पाउने छन्।सचिव पोख्रेलका अनुसार हाल करिब ८,००० जनाले सरकारमार्फत नि:शुल्क डायलिसिस गराइरहेका छन्।त्यस्तै क्यान्सर भएका र उपचारपछि निको भएका बिरामी जो चिकित्सकको नियमित निगरानीमा छन्, उनीहरूलाई पनि सो रकम दिइने छ।मेरुदण्ड पक्षाघात भएका व्यक्तिहरू जोसँग नीलो वा रातो अपाङ्ग परिचयपत्र छ, उनीहरूले पनि रकम पाउने छन्।गरिब परिचयपत्र वितरण भएको जिल्लाका लाभग्राहीले 'गरिब परिचयपत्र' पेस गरेर सुविधा लिन सक्छन्।परिचयपत्र वितरण नभएका जिल्लामा स्थानीय तहले सिफारिस गर्नु पर्ने पोख्रेल बताउँछन्।कहिले र कसरी पाइन्छ?सरकारले तोकेको रकम स्थानीय तहले सम्बन्धित व्यक्तिको ब्याङ्क खातामा जम्मा गर्नेछ। तीन महिनाको रकम एकै पटक उपलब्ध गराइने कार्यविधिमा उल्लेख गरिएको छ।लाभग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ताको प्रतिलिपि र चिकित्सकको सिफारिससहित निवेदन वडा कार्यालयमा बुझाउनु पर्ने हुन्छ।मेरुदण्ड पक्षाघात भएकाहरूले रातो वा नीलो कार्डको प्रतिलिपि पनि समाविष्ट गर्नु पर्ने उल्लेख गरिएको छ। चैत १३ गते स्वीकृत गरेको कार्यविधि हाल कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले स्थानीय तहहरूमा परिपत्र गरेको छ।'आवश्यक गृहकार्य गरिरहेका छौँ। सके यो वर्ष नसके आगामी आर्थिक वर्षको बजेटमा यस कार्यक्रमलाई पठाउँछौँ,' पोख्रेलले जानकारी दिए।कसले भत्ता पाउँदैनन्?सरकारी र विदेशी संस्थामा कार्यरत वा त्यहाँबाट सेवानिवृत्त भई पेन्सनको सुविधा पाइरहेकाले भत्ता नपाउने बताइएको छ।ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता र अपाङ्ग भत्तालगायत अन्य सामाजिक सुरक्षा भत्ता पाइरहेकाले पनि यो सुविधा पाउँदैनन्।एक जना व्यक्तिलाई क्यान्सर, मिर्गौलाको समस्या र मेरुदण्डमध्ये दुई वा तीनै किसिमको रोग लागेको छ भने पनि मासिक रु ५,००० मात्रै पाइन्छ।'रकम प्राप्त गर्ने समूहले यसअघि सरकारले दिँदै आएको सेवासुविधा पनि निरन्तर पाउने छन्। मिर्गौलाको नियमित डायलिसिस गराइरहेकाले नि:शुल्क सेवाबाट वञ्चित हुनु पर्दैन,' स्वास्थ्य सचिव पोख्रेलले भने।तर उनको भनाइ कार्यविधिमा 'अन्य किसिमको सामाजिक सुरक्षा भत्ता पाइरहेकालाई यो सुविधा उपलब्ध नहुने' बुँदासँग मेल खाँदैन।किनकि मेरुदण्ड पक्षाघात भएकाहरूलगायत अन्य रातो कार्ड भएका (क वर्गका) अपाङ्गहरूले सामाजिक सुरक्षा भत्ता स्वरूप ३,९९० रुपैयाँ र नीलो कार्ड २,१२८ रुपैयाँ पाउने सुविधा थियो।अब उक्त सुविधा पाइरहेकाहरूले औषधि खर्च वा भत्तामध्ये एक मात्र पाउने बताइएको छ।'कार्यविधिमा गम्भीर त्रुटि'?स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालका अध्यक्ष ऋषि ढकाल कार्यविधिमा गम्भीर त्रुटि भएको बताउँछन्।यस वर्षको सुरुवातमा अर्थमन्त्री जनार्दन शर्माले आफूहरूलाई सामाजिक सुरक्षा भत्ताबाहेक औषधि खर्च स्वरूप भत्ता दिने र तीन जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूका लागि छ अर्ब रुपैयाँ छुट्टाउने बताएको उनले सुनाए।'तर अहिले आएर हाम्रो माग नै सम्बोधन नगर्ने गरी कार्यविधि आयो,' ढकालले भने।'स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूलाई युरिन ब्याग, फुल क्याथेटर्स, डाइपर, घाउ हुँदा लगाउने औषधि बापत शुल्क दिनूस् भनेका थियौँ। त्रुटि के भएछ भने सामाजिक सुरक्षा भत्ता र औषधोपचार खर्च भन्ने लेखिएछ।'यस विषयमा छलफल गर्नका निम्ति स्वास्थ्यमन्त्रीको उपस्थितिमा बैठक माग गरेको जानकारी ढकालले दिए।'ठूलो राहत पाउने भयौँ'विसं २०७८ भदौ २५ गते सरकारले गरेको निर्णय कार्यविधि नबनेकै कारण कार्यान्वयन हुन सकेको थिएन।यसअघि २०७४ सालमा क्यान्सर, मेरुदण्ड र मिर्गौलाका बिरामीलाई जीविकोपार्जनका लागि पाँच हजार रुपैयाँ दिने निर्णय भएको थियो। तर सरकार परिवर्तनसँगै तोकिएको बजेट विनियोजन नभएकाले निर्णय लागू हुन सकेन।सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको केही बिरामीहरूको आरोप छ।मिर्गौला पीडित सरोकार समाज नेपालका केन्द्रीय अध्यक्ष बलराम सुवेदी कार्यविधि तयार भइसकेकाले अब भत्ता दिन थप ढिला हुन नहुने बताउँछन्।'मिर्गौलाको समस्या मात्र नभई अन्य कुनै दीर्घ रोगको खर्च पाँच हजार रुपैयाँले धान्दैन तर ठुलो राहत चाहिँ हुनेछ,' सुवेदीले भने।यस भत्ताले गरिब र उपचारका लागि विकट ठाउँबाट अस्पताल भएका ठाउँसम्म आउने बिरामीहरू लाभान्वित हुने उनको तर्क छ।'सुरुमा औषधि नै दिने कुरा थियो। तर हामीले हुँदैन भन्यौँ। किनकि एक लाखको भनिएको स्वास्थ्य बिमामा हामीले ५० हजार पनि पाउँदैनौँ। रकम आफ्नै हातमा पर्ने हो भने आवश्यकता अनुसार खर्च गर्न पाउँछौँ,' उनले भने।कार्यविधि तयार भएसँगै सरकारले, मिर्गौला रोग, क्यान्सर रोग र स्पाइनल प्यारालाइसिस भएका बिरामीलाई जीविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ खारेज गरेको छ। -बिबिसीबाट

‘बुस्टर डोज’ खोप क–कसले लगाउन पाउँछ ?

काठमाडौं, ४ माघ । सरकारले कोभिड–१९ विरुद्धको पुर्ण मात्रा खोप लगाएको ६ महिना पुगेका अंग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई थप खोप ‘बुस्टर डोज’ खोप दिन सुरु गरेको छ । पहिले लगाएको सोही प्रकृतिको खोप लक्षित वर्गहरुलाई सोमबार काठमाडौं जिल्ला र मंगलबारदेखि ललितपुर जिल्लामा विभिन्न स्थानबाट बुस्टर डोज खोप दिने व्यवस्था गरेको हो । स्वास्थ्य कार्यालय ललितपुरको अनुसार […]

आजबाट कोरोनाविरुद्धको खोपको थप एक मात्रा दिन सुरु, क-कसले पाउँछन् तेस्रो डोज?

काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट विश्वभर फैलिरहेको अवस्थामा नेपालमा आजबाट कोभिड १९ विरुद्धको खोपको थप मात्रा दिन सुरु गरिएको छ। स्वास्थ्य मन्त्रालयकाले निश्चित समूहलाई खोपको थप मात्रा दिन सुरु गरेको जनाएको हो।   कोभिड १९ विरुद्धको पूर्ण मात्रा (दुई डोज) लगाएको ३ महिना पुगेकाहरुलाई पहिला जुन खोप लगाएको हो…

कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा आजदेखि, कसले पाउँछन्?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (मंगलबार) देखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ।

आजबाट लक्षित समूहलाई अतिरिक्त खोप, क–कसले पाउँछन् ?

सरकारले लक्षित समूहलाई आजबाट कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो । क-कसले पाउँछन् अतिरिक्त खोप ?–मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति–सक्रिय क्यान्सरका रोगी–अंग प्रत्यारोपण गरेका बिरामी–एचआईभी संक्रमण भएका बिरामीउपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका ब

नरेन्द्र मोदीको नयाँ मन्त्रिमण्डल : कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार थप ४३ सदस्यीय जम्बो मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री मोदीले १५ केन्द्रीय मन्त्री र २८ राज्यमन्त्रीसहित थप ४३ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन् । ४३ जनाले मन्त्री र राज्यमन्त्रीको सपथ लिइरहँदा पुराना ७ मन्त्रीहरुको बढुवा गरेका छन् भने १२ जनालाई बिदा गरेका छन् । विस्तारित मन्त्रिमण्डलमा बुधबारै विभागीय जिम्मेवारी दिइएको छ ।क्याबिनेट मन्त्रीहरु (केन्द्रीय मन्त्री) कसले के जिम्मेवारी पाए तलको सूची हेर्नुहोस् :नरेन्द्