संसदीय समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ उर्जाको उपभोग बढाउने बारे नीतिगत प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले विद्युतीय सवारी साधन शौर्यबत्ति, शौर्यपानी तताउने मेसिन, विद्युतीय चुलोजस्ता पेट्रोलियम पदार्थको खपत प्रतिस्थापन गर्ने उपकरणहरुको प्रयोगलाई प्रोत्साहन गर्ने गरी आवश्यक नीतिगत प्रवन्ध गर्न उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई समिति निर्देशन दिएको हो ।बैठकले वर्तमान अवस्थामा