जिल्लामा कोरोना सङ्क्रमणका कारण ३१८ को मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म कोरोनाका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । कार्यालयले मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका धेरै रहेका जनाएको छ । महानगरपालिकाभित्र २०२ व्यक्तिको मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार खैरहनी नगरपालिकाका २१, माडी नगरपालिकाका ११, रत्ननगर नगरपालिकाका ३२, राप्ती नगरपालिकाका २९ र कालिका नगरपालिकाका २० व्यक्ति छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा कोरोना सङ्क्रमणले तीन व्यक्ति