‘विपी राजमार्ग–पनौती–ग्वार्काे सडक द्रुत गतिमा’ : सांसद लामा

मोतीराम तिमल्सिना, काभ्रे । कृषिमा प्रविधि र यान्त्रिकरण मार्फत थोरै लगानीमा धेरै आयआर्जन हासिल गर्ने उदेश्यले गौरीशंकर साना किसान कृषि सहकारी संस्था धुलिखेल १२ शंखुपाटीचौरले सदस्यहरुका लागि प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र मार्फत ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराएको छ । धुलिखेल नगरपालिका वडा नम्वर १२ र १०, नमोबुद्ध नगरपालिका वडा नम्वर […]

सम्बन्धित सामग्री

प्रमुख अतिथिको खोजी

हिजो सहर गुल्जार थियो, भीडभाड, ठेलमठेल, मोलमोलाइ थियो । तर, अहिले सटरहरूमा ताला छन्, होटलहरूका कोठाहरू खाली खाली छन् । तर होटल तथा पार्टी प्यालेसका हलहरू भने भरिभराउ छन् । त्यहाँ धमाधम कार्यक्रमहरू भइरहेका छन् । यसको मतलब देशमा केही न केही अभियान चलेकै छ । जति युवाहरूले देश छाडे, गाउँ रित्तियो, त्यति नै शहर र गाउँमा प्रमुख अतिथि बन्ने र बनाउने लहर बढेको छ । यो त्यो ठाउँको आकारमा निर्भर हुन्छ कि त्यहाँ कति प्रमुख अतिथि बन्न लायक मानिस बस्छन् । हरेक साना शहरमा पनि २–४ यस्ता व्यक्ति हुन्छन्, जो प्रमुख आतिथ्य ग्रहण गर्न जुनसुकै कार्यक्रममा पनि पुगेकै हुन्छन् । प्रमुख अतिथि बन्ने, बनाउने र खादा लगाइदिने कार्यक्रमको भीड देख्दा लाग्छ म मात्रै काम न काजको मानिस रहेछु ।   कतिपय व्यक्तिहरू प्रमुख अतिथि बन्न चाहेर पनि बन्न सक्तैनन् । किनकि हरेक व्यक्तिले दौरा सुरुवाल र कोट सिलाउन सक्तैन । तर जसले सिलाउन सक्छ, उसको प्रमुख आतिथ्य चलिहाल्छ । हिजोआज दौरा सुरुवाल सांसद, मन्त्रीबाहेक कि त दुलाहाका लागि सिलाइन्छ कि त प्रमुख अतिथिका लागि । पेशेवर प्रमुख अतिथिसँग प्राय: दुई वा दुईभन्दा बढी दौरा सुरुवाल र कोट स्टकमा हुन्छन् । यदि एउटा ड्राई क्लिनमा गयो भने पनि प्रमुख आतिथि बन्न रोकिनुपर्दैन । दोस्रो पहिरिएर जान सक्छन् । त्यसो त प्रमुख अतिथिलाई दौरा सुरुवाल कोट धुलाइरहने समय कहाँ हुन्छ र ? त्यसैले होला प्राय: प्रमुख अतिथिहरूको दौरा सुरुवालबाट एउटा खास किसिमको गन्ध आउने गर्छ । प्रमुख आतिथ्यको गन्ध क्या ! यो प्राय: फूलका गुच्छा, माला, खादा, मदिरा र चुरोटको धुँवाको गन्धबाट बनेको हुन्छ । र, यो गन्ध लगातार आइरहन्छ । प्रमुख अतिथि कि त छानिन्छन् कि बनाइन्छन् । यसमा पनि सिन्डिकेट हुन्छ । आलोपालो एकले अर्कोलाई प्रमुख अतिथि बनाइरहन्छन् । तर असली प्रमुख अतिथि त न छानिन्छन् वा बनाइन्छन् । ती आफै जन्मिन्छन् । जे होस्, अहिले नेपाली समाजले प्रत्येक दिन दुई चारदेखि दुई चार सयसम्म प्रमुख अतिथि झेलिरहेका छन् । मानिसहरू मरिरहेका छन् । तर प्रमुख अतिथि जीवितै रहेर शोकसभाहरूमा प्रमुख आतिथ्य सेवा दिइरहकै छन् । प्रमुख अतिथि एक गम्भीर किसिमको प्राणी हुन्छ वा उसमा एउटा यो भ्रम कायम राखिरहने शक्ति हुन्छ कि ऊ गम्भीर छ । जुन कार्यक्रमको प्रमुख आतिथ्य गर्नुपर्ने हुन्छ, उसले कार्यक्रमस्थल पुग्नुभन्दा कमसेकम २–३ घण्टा अघिदेखि नै गम्भीर हुने अभ्यास शुरू गर्दिहाल्छ । कोही कोही त अघिल्लो साँझदेखि नै गम्भीर हुन थालिहाल्छन् । अघिल्लो साँझदेखि नै गम्भीर हुने व्यक्ति कार्यक्रम शुरू हुने बेलासम्म त कान्तिहीन वा बिरामीजस्तै भइसकेको हुन्छ, जुन कुरा प्रमुख अतिथि हुन पहिलो गुण हो । राम्रो प्रमुख अतिथि बन्ने मानिस एक प्रकारले बिरामी नै हुन्छ । अथवा यसो भनौं, एउटा बिरामी नै राम्रो प्रमुख अतिथि बन्न सक्छ । प्रमुख अतिथि प्राय: पुरुष नै हुन्छन् । त्यसैले प्रमुख अतिथि बन्ने काम एउटा पुरुषार्थ हो । पुरुषार्थ गर्ने भएपछि उसले नजानेको विषय नै हुँदैन । त्यसैले उसले सुकुमबासीलाई हटाउनेदेखि मंगलग्रहमा बस्ती बसाउनेसम्मका कुरा बक्न भ्याउँछ । अनि प्रमुख अतिथि बनेपछि अरूले केही पनि जान्दैनन् भन्ने महाज्ञान पनि पलाइहाल्छ । कहिलेकाहीँ त कार्यक्रम संयोजकले छोटो बोल्न बीचैमा चिट देखाउनुपर्छ ।  एकपटक कुनै कार्यक्रममा प्रमुख अतिथि बनिसकेपछि अर्को कार्यक्रममा त्योभन्दा तलको आतिथ्य स्वीकार गर्न गाहै्र हुन्छ । त्यसैले एउटा पेशेवर प्रमुख अतिथि कुनै सभामा तब जान्छ, जब त्यहाँ उनलाई प्रमुख अतिथिकै रूपमा बोलाइएको हुन्छ । किनकि त्यसपछि उनी दर्शक वा ताली बजाउने दीर्घामा बस्नै सक्तैनन् । कुनै पनि कार्यक्रममा उनलाई बोलाइएको छ भने उनी यो ठानेर हिँड्छन् कि उनी नै कार्यक्रमका प्रमुख अतिथि हुन् । अहिले नेपाली समाजले प्रत्येक दिन दुई चारदेखि दुई चार सयसम्म प्रमुख अतिथि झेलिरहेका छन् । मानिसहरू मरिरहेका छन् । तर प्रमुख अतिथि जीवितै रहेर शोकसभाहरूमा प्रमुख आतिथ्य सेवा दिइरहकै छन् । हरेक सभामा जबसम्म प्रमुख अतिथि र माइक फिट हुन्न, सभा कसरी शुरू हुन सक्छ र ? माइकका अगाडि एउटा प्रमुख अतिथि फिट गर्नु जरुरी नै हुन्छ । तर अहिलेको द्रुत गतिमा सबै कुरा इन्स्ट्यान्ट अर्थात् तुरुन्त चाहिने जमानामा अबको केही समयपछि स्वयं माइकवालाले नै आफ्नो प्रमुख अतिथि आफै साथै लिएर आउनेछ र मञ्चमा फिट गर्दिन्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ । प्रमुख अतिथि बन्नेहरू मञ्चमा कसरी बस्छन् त ? कोही छक्क परेर, कोही अक्क न बक्कसँग, त कोही सहजभावमा । कोही दुलहीजस्तो लाज मानेर वा मुस्कुराएर त कोही हेडमास्टर जसरी अकडिएर बस्छन् । कोही चैं यसरी शिर निहुर्‍याएर बस्छन् कि मानौं बेहुलीको बाउ मण्डपमा बसिरहेको छ । यता दर्शकहरूको भाव यस्तो देखिन्छ कि यी प्रमुख तथा अन्य अतिथिहरूले आखिर के भनिरहेका छन्, एउटै कुरा बारम्बार किन भनिरहेका छन् र कहिलेसम्म भनिरहने होलान् । समयमै पुगे त शायद प्रमुख अतिथिको गरिमै रहन्न । त्यसैले कार्यक्रम हुने स्थलमा ऊनीहरू प्राय: कम्तीमा डेढ दुई घण्टा ढिलै पुग्छन् । तर आफ्ना लम्बे भाषण सक्नासाथ हतार छ भन्दै कुदिहाल्छन् । नेपाली समयलाई चरितार्थ गर्न यस्ता कार्यक्रममा बडा गजबको तारतम्य मिलाइएको हुन्छ– प्रमुख अतिथि प्राय: ढिला आउने, उनी चाँडै आए दर्शक ढिला आउने, यी दुवै चाँडो भए आयोजकले ढिला गर्ने ।  यसरी तोकिएको समयभन्दा धेरै ढिला शुरू गर्ने वा ढिलासम्म कार्यक्रम चालू गर्ने नेपाली परम्परालाई प्राय: सबैले निरन्तरता दिन्छन् । कार्यक्रमको बन्दना नै ‘आज कार्यक्रम ढिला हुन गएकोमा क्षमा चाहन्छौं’ बाट श्रीगणेश हुन्छ । राम्रो प्रमुख अतिथिको एउटा विशेष खुबी यो हुन्छ कि उनी अन्य वक्ताहरूभन्दा बढी क्रान्तिकारी हुन्छन् । फरक देखिनु र सुनिनु परो नि त । जस्तै, कुनै वक्ताले यतिखेर देशमा चारैतिर अन्धकार छ भन्यो भने प्रमुख अतिथिले यसमा प्रश्न उठाउँछन् र भन्छन्, ‘कहाँ छ अन्धकार ? के यस्तै हुन्छ अन्धकार ? हो यतिबेला सूर्य ढल्किसकेको छ । तर के यसैलाई अन्धकार भन्न मिल्छ ? वास्तवमा देश समाजवादको उज्यालोतर्फ बढिरहेको पो देख्छु म त । बरु अब हामीले अँधेरोलाई उज्यालो र उज्यालोलाई अँधेरो भनेर पुनर्परिभाषित गर्न ढिला भइसकेको छ । पूर्व वक्ताले अहिलेको समयलाई अँधेरो भन्नुभयो । त्यसो भए उज्यालो केलाई भन्ने ? ... आदि, आदि ।’ जे होस्, मलाई प्रमुख अतिथि बनाएर मेरा कुरा धैर्यपूर्वक सुनिदिनुभएकोमा उपस्थित सबैलाई धन्यवाद छ । कार्यक्रम धेरै ढिला शुरू भएकाले अहिले अँधेरो भइसकेको छ । त्यसैले मेरो दुई शब्द यहीँ टुंग्याउँछु ।’ प्रमुख अतिथिहरूको बौद्धिक नपुंसकता जतिसुकै सार्वजनिक भए पनि भाषण सुन्न जानेहरूको संख्या देशमा घटेको छैन । अहिले देशमा कुनै कुरा खुबै चलेको छ भने नानाथरीका दल नामक पसल वा सम्प्रदायहरूले चलाउने भाषणका कार्यक्रमहरू नै हुन् । र, कार्यक्रम भनेपछि त्यहाँ प्रमुख अतिथि अनिवार्य नै चाहिन्छ । समाजवादमा पुग्न मुख्य बाँकी काम भनेकै यस्ता कार्यक्रम, भाषण अनि प्रमुख अतिथिहरू नै हुन् भन्ने यो पंक्तिकारको ठोकुवा छ । बरु आउनोस्, देशमा नयाँ नयाँ प्रमुख अतिथिहरू तयार पारौं र सरकारको समाजवादमा छिट्टै पुग्ने लक्ष्यलाई सघाऔं ।

हुलाकी राजमार्ग अन्तर्गत रंगेली–चौकीघाट सडक निर्माणबारे पोखरेलको चासो

मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा चासो राखेका छन् । स्थानीय समस्याबारे जानकार रहेका पोखरेल निर्वाचित भए लगत्तै सो क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा अघि बढाउन लागि परेका हुन् । उनले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने रंगेलीदेखि रतुमाईको चौकी घाटसम्मको सडक चाँडै सम्पन्न गराउन पहल गरेका छन् । नेकपा (एमाले) मोरङका अध्यक्षसमेत रहेका सांसद पोखरेलले दक्षिणी क्षेत्रको ‘लाईफलाईन’ सडकका रुपमा रहेको निर्माणाधि

नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास : द्रुत गतिमा काम अघि बढ्छ– मन्त्री भट्ट

बाँके – नेपाल सरकारले घोषणा गरेको नौवस्ता औद्योगिक क्षेत्रको मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गर्नुभएको छ । कार्यक्रममा मन्त्री भट्टले यो शिलान्यासका लागि मात्रै शिलान्यास नभएको भन्दै द्रुत गतिमा निर्माण कार्य अघि बढ्ने बताउनुभयो ।   कार्यक्रममा राज्य मन्त्री विमला विक, लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद आईपी खरेल, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललगायतले औद्योगिक क्षेत्र बाँके मात्रै नभइ पश्चिम नेपालकै लागि फाइदाजनक भएको बत...